• असार १३, २०८२
  • No Comment
  • 127

विभिन्न मुद्दाका ५ फरार प्रतिवादी सुर्खेतमा पक्राउ

सुर्खेत  ।अदालतबाट दोषी ठहर भई फरार रहेका पाँच जनालाई  सुर्खेट प्रहरीले पक्राउ गरेको छ। फैसला कार्यान्वयन अभियानअन्तर्गत उनीहरूलाई जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्ने सबै गुर्भाकोट नगरपालिका–४ का बासिन्दा हुन्।

सुर्खेत प्रहरीका अनुसार बहुविवाह मुद्दामा ११ महिना कैद सजाय सुनाइएका बस बहादुर खत्रीलाई नियन्त्रणमा लिइएको छ। त्यसैगरी, कुटपिट तथा अंगभंग मुद्दामा १० हजार रुपैयाँ जरिवाना तोकिएका डिल बहादुर खत्री र कुटपिट मुद्दामै २ हजार जरिवाना सुनाइएका ओम बहादुर खत्री पनि पक्राउ परेका छन्।

यस्तै, अवैध हातहतियार खरखजाना मुद्दामा अदालतबाट २९ दिन कैद तोकिएका कमल बहादुर थापा र सोही मुद्दामा ११ हजार ९९८ रुपैयाँ जरिवाना भएका अम्मर बहादुर मल्ललाई पनि पक्राउ गरिएको छ।

पक्राउ परेका सबैलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत सुर्खेतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब निरीक्षक लक्ष्मण सुनारले जानकारी दिनुभयो। 

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *