• असार १३, २०८२
  • No Comment
  • 73

विभिन्न मुद्दाका ५ फरार प्रतिवादी सुर्खेतमा पक्राउ

सुर्खेत  ।अदालतबाट दोषी ठहर भई फरार रहेका पाँच जनालाई  सुर्खेट प्रहरीले पक्राउ गरेको छ। फैसला कार्यान्वयन अभियानअन्तर्गत उनीहरूलाई जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्ने सबै गुर्भाकोट नगरपालिका–४ का बासिन्दा हुन्।

सुर्खेत प्रहरीका अनुसार बहुविवाह मुद्दामा ११ महिना कैद सजाय सुनाइएका बस बहादुर खत्रीलाई नियन्त्रणमा लिइएको छ। त्यसैगरी, कुटपिट तथा अंगभंग मुद्दामा १० हजार रुपैयाँ जरिवाना तोकिएका डिल बहादुर खत्री र कुटपिट मुद्दामै २ हजार जरिवाना सुनाइएका ओम बहादुर खत्री पनि पक्राउ परेका छन्।

यस्तै, अवैध हातहतियार खरखजाना मुद्दामा अदालतबाट २९ दिन कैद तोकिएका कमल बहादुर थापा र सोही मुद्दामा ११ हजार ९९८ रुपैयाँ जरिवाना भएका अम्मर बहादुर मल्ललाई पनि पक्राउ गरिएको छ।

पक्राउ परेका सबैलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत सुर्खेतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब निरीक्षक लक्ष्मण सुनारले जानकारी दिनुभयो। 

सम्बन्धित खबर

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

इस्लामावाद, असोज ३० — पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा भएको एक सडक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य…
विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

काठमाडौं । नियमित दिनचर्याले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । स्वास्थ्यलाई दीर्घकालसम्म सुदृढ राख्न दैनिक जीवनका स–साना बानीहरूमा ध्यान दिनु जरुरी…
साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

वीरेन्द्रनगर, सुर्खेत – वीरेन्द्रनगर-३, एरिचाेकमा सञ्चालित साउथ एसियन स्कालर्स एकेडेमीलाई प्रतिष्ठित नेपाल एजुकेशन अवार्ड २०२५ (NEA-2025) द्वारा कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *