• असार ६, २०८२
  • No Comment
  • 118

सुर्खेत बसपार्कबाट २ क्विन्टलभन्दा बढी अवैध जडिबुटी बरामद

सुर्खेत ।सुर्खेतको वीरेन्द्रनगरस्थित बसपार्कबाट प्रहरीले ठूलो परिमाणमा अवैध जडिबुटी बरामद गरेको छ । आज बिहान करिब ११ बजे बसपार्क क्षेत्रमा शंकास्पद रूपमा रहेको एक गाडीलाई जाँच गर्ने क्रममा उक्त जडिबुटी फेला परेको हो ।

प्रहरीका अनुसार, भे. १ च. ३५९२ नम्बरको टाटा कम्पनीको गाडीमाथि शंका लागी जाँच गर्दा कुनै बिल, बिजक वा इजाजतपत्र बिना लुकाइछिपाइ लैजान लागिएको अवस्थामा जडिबुटी फेला परेको थियो । गाडीबाट ३५ बोरामा राखिएको कुल २ क्विन्टल ९१ किलो १०० ग्राम झ्याउजस्तो देखिने अवैध जडिबुटी नियन्त्रणमा लिइएको  जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएकाे छ ।

बरामद गरिएको जडिबुटी र गाडीलाई आवश्यक कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय, सुर्खेतमा बुझाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *