- असार ६, २०८२
- No Comment
- 118
सुर्खेत बसपार्कबाट २ क्विन्टलभन्दा बढी अवैध जडिबुटी बरामद

सुर्खेत ।सुर्खेतको वीरेन्द्रनगरस्थित बसपार्कबाट प्रहरीले ठूलो परिमाणमा अवैध जडिबुटी बरामद गरेको छ । आज बिहान करिब ११ बजे बसपार्क क्षेत्रमा शंकास्पद रूपमा रहेको एक गाडीलाई जाँच गर्ने क्रममा उक्त जडिबुटी फेला परेको हो ।
प्रहरीका अनुसार, भे. १ च. ३५९२ नम्बरको टाटा कम्पनीको गाडीमाथि शंका लागी जाँच गर्दा कुनै बिल, बिजक वा इजाजतपत्र बिना लुकाइछिपाइ लैजान लागिएको अवस्थामा जडिबुटी फेला परेको थियो । गाडीबाट ३५ बोरामा राखिएको कुल २ क्विन्टल ९१ किलो १०० ग्राम झ्याउजस्तो देखिने अवैध जडिबुटी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएकाे छ ।
बरामद गरिएको जडिबुटी र गाडीलाई आवश्यक कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय, सुर्खेतमा बुझाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।



