• असार ५, २०८२
  • No Comment
  • 164

नेप्से २४.७६ अंकले घट्दा पनि कारोबार रकममा वृद्धि

धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक आज २४.७६ अंकले घटेर २,६२८.९१ विन्दुमा बन्द भएको छ। परिसूचकमा गिरावट आए पनि कारोबार रकममा उल्लेख्य वृद्धि भएको छ।

आज कुल कारोबार रकम ११ अर्ब २३ करोड १४ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिनको नौ अर्ब आठ करोड ५८ लाख रुपैयाँको तुलनामा करिब दुई अर्ब १४ करोड रुपैयाँले बढी हो।

आज ४७ कम्पनीको सेयर मूल्यमा वृद्धि देखिएको छ भने २०१ कम्पनीको सेयर मूल्य घटेको छ। तीमध्ये पियोर इनर्जीको सेयर मूल्यमा सबैभन्दा बढी—१० प्रतिशतको गिरावट आएको छ।

आज कारोबार भएका सबै १३ वटै समूहको परिसूचक घटेको छ। तीमध्ये व्यापार समूहको परिसूचकमा सबैभन्दा बढी—२.४७ प्रतिशतले गिरावट आएको छ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *