• असार ५, २०८२
  • No Comment
  • 38

नेप्से २४.७६ अंकले घट्दा पनि कारोबार रकममा वृद्धि

धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक आज २४.७६ अंकले घटेर २,६२८.९१ विन्दुमा बन्द भएको छ। परिसूचकमा गिरावट आए पनि कारोबार रकममा उल्लेख्य वृद्धि भएको छ।

आज कुल कारोबार रकम ११ अर्ब २३ करोड १४ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिनको नौ अर्ब आठ करोड ५८ लाख रुपैयाँको तुलनामा करिब दुई अर्ब १४ करोड रुपैयाँले बढी हो।

आज ४७ कम्पनीको सेयर मूल्यमा वृद्धि देखिएको छ भने २०१ कम्पनीको सेयर मूल्य घटेको छ। तीमध्ये पियोर इनर्जीको सेयर मूल्यमा सबैभन्दा बढी—१० प्रतिशतको गिरावट आएको छ।

आज कारोबार भएका सबै १३ वटै समूहको परिसूचक घटेको छ। तीमध्ये व्यापार समूहको परिसूचकमा सबैभन्दा बढी—२.४७ प्रतिशतले गिरावट आएको छ।

सम्बन्धित खबर

चीनको शान्सी प्रान्तमा बस दुर्घटना: १० जनाको मृत्यु, ४ अझै बेपत्ता

चीनको शान्सी प्रान्तमा बस दुर्घटना: १० जनाको मृत्यु, ४…

बेइजिङ ।  चीनको उत्तरी शान्सी प्रान्तमा आइतबार बिहान हराएको यात्रुवाहक बसका १० जनाको मृत्यु भएको छ भने ४ जना अझै बेपत्ता…
आजको मौसम : देशभर मनसुनी प्रभाव, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

आजको मौसम : देशभर मनसुनी प्रभाव, पहाडी क्षेत्रमा भारी…

साउन १५ — हाल देशभर मनसुनी वायुको सक्रियता रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा…
आज साउन १५ : देशभर खीर खाएर मनाइँदै

आज साउन १५ : देशभर खीर खाएर मनाइँदै

साउन १५ — आज साउन १५ गते, देशभर खीर खाएर विशेष परम्परागत ढंगले मनाइँदैछ। नेपाली समाजमा वर्षायामका विशेष दिनहरूलाई परिकारहरू मार्फत…

Leave a Reply

Your email address will not be published. Required fields are marked *