• असार ५, २०८२
  • No Comment
  • 109

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त १६ वर्षपछि पक्राउ

 सुर्खेत।  कर्तव्य ज्यान मुद्दामा १६ वर्षअघिदेखि फरार रहेका एक अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ  गरेकाे छ । सुर्खेतको चौकुने गाउँपालिका-७ का जुलु विश्वकर्माको हत्यामा संलग्न रहेको आरोपमा बर्दियाको बारबर्दिया नगरपालिका-३ का ६२ वर्षीय दल बहादुर सुजीलाई प्रहरीले पक्राउ गरेको हो।

वि.सं. २०६६ साल असार ४ गते विश्वकर्माको हत्या गरी सुजी फरार भएका थिए। घटनापश्चात उनी आफ्नो ठेगाना परिवर्तन गरी बर्दियामा बस्दै आएका थिए। जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको विशेष टोलीले लामो अनुसन्धान र खोजतलासपछि सोमबार (असार ४ गते) साँझ ५ बजे उनलाई बर्दियास्थित आफ्नै घरबाट पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार, जिल्ला अदालत सुर्खेतबाट जारी भएको पक्राउ पुर्जीका आधारमा उनलाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेका सुजीलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सुर्खेत ल्याइएको प्रहरीले जनाएको छ।  

सम्बन्धित खबर

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

काठमाडौं, २०८२ कार्तिक १ — पाकिस्तानको आक्रमणमा अफगानिस्तानका तीन क्रिकेट खेलाडीको मृत्यु भएको छ। अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) का अनुसार पक्तिका…
विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

एजेन्सी । विहान सबेरै उठ्न नसक्नु आजकल धेरैको साझा समस्या बनेको छ । बिहान उठेर विभिन्न काम गर्ने योजना बनाए पनि…
प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

काठमाडौं, ३१ असोज । नेपाल प्रहरीले स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठलाई सम्मान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *