• असार ५, २०८२
  • No Comment
  • 133

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त १६ वर्षपछि पक्राउ

 सुर्खेत।  कर्तव्य ज्यान मुद्दामा १६ वर्षअघिदेखि फरार रहेका एक अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ  गरेकाे छ । सुर्खेतको चौकुने गाउँपालिका-७ का जुलु विश्वकर्माको हत्यामा संलग्न रहेको आरोपमा बर्दियाको बारबर्दिया नगरपालिका-३ का ६२ वर्षीय दल बहादुर सुजीलाई प्रहरीले पक्राउ गरेको हो।

वि.सं. २०६६ साल असार ४ गते विश्वकर्माको हत्या गरी सुजी फरार भएका थिए। घटनापश्चात उनी आफ्नो ठेगाना परिवर्तन गरी बर्दियामा बस्दै आएका थिए। जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको विशेष टोलीले लामो अनुसन्धान र खोजतलासपछि सोमबार (असार ४ गते) साँझ ५ बजे उनलाई बर्दियास्थित आफ्नै घरबाट पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार, जिल्ला अदालत सुर्खेतबाट जारी भएको पक्राउ पुर्जीका आधारमा उनलाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेका सुजीलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सुर्खेत ल्याइएको प्रहरीले जनाएको छ।  

सम्बन्धित खबर

अनेरास्ववियुद्वारा सडक सुरक्षाबारे संयुक्त ध्यानाकर्षण पत्र बुझाइयो

अनेरास्ववियुद्वारा सडक सुरक्षाबारे संयुक्त ध्यानाकर्षण पत्र बुझाइयो

सुर्खेत । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले क्याम्पस क्षेत्रको सडक सुरक्षा र यातायात…
एसीसी यू–१९ एशिया कप आजदेखि यूएईमा सुरु, नेपाल भोलि श्रीलङ्कासँग भिड्दै

एसीसी यू–१९ एशिया कप आजदेखि यूएईमा सुरु, नेपाल भोलि…

काठमाडौँ – एसीसी १९ वर्षमुनिको एशिया कप क्रिकेट आजदेखि संयुक्त अरब इमिरेट्स (यूएई)मा सुरु भएको छ। उद्घाटन दिनमा भारतले आयोजक यूएईसँग…
त्रिशूली नदीमा भीरबाट खसेका व्यक्तिको सशस्त्र प्रहरीद्धारा उद्धार

त्रिशूली नदीमा भीरबाट खसेका व्यक्तिको सशस्त्र प्रहरीद्धारा उद्धार

गोरखामा भिरबाट त्रिशूली नदीमा खसेका एक व्यक्तिको सशस्त्र प्रहरीले उद्धार गरेको छ । शहीद लखन गाउँपालिका–४ राईनासस्थित भिरबाट त्रिशूली नदीमा खसेका…

Leave a Reply

Your email address will not be published. Required fields are marked *