• असार ५, २०८२
  • No Comment
  • 128

सुर्खेतमा १९ वर्षपछि पक्राउ परे लागुऔषध मुद्दाका फरार प्रतिवादी

सुर्खेत।  लागुऔषध (अफिम) उत्पादन तथा कारोबार मुद्दामा १९ वर्षदेखि फरार रहेका एक प्रतिवादीलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेत र इलाका प्रहरी कार्यालय लेकवेशीबाट खटिएको संयुक्त प्रहरी टोलीले लेकवेशी नगरपालिका-६ का ४९ वर्षीय तेज बहादुर घर्तीमगरलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) मोहनजंग बुढथापाका अनुसार, घर्तीमगर विरुद्ध २०६३ साल चैत ३० गते लागुऔषध (अफिम) उत्पादन गरेको मुद्दा दर्ता भएको थियो। मुद्दा दर्ता भएपछि फरार रहेका उनलाई प्रहरीले लामो समयदेखि खोजी गरिरहेको थियो।

विशेष सूचनाका आधारमा प्रहरी टोलीले उनलाई  बुधबार साँझ ६ बजे लेकवेशी नगरपालिका-६ स्थित स्याउली बजारमा लुकिछिपी बसेको अवस्थामा फेला पारेको थियो।  अदालतबाट जारी भएको पक्राउ पुर्जीका आधारमा उनलाई पक्राउ गरी आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याइएको डीएसपी बुढथापाले जानकारी दिनुभयो।


सम्बन्धित खबर

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

काठमाडौं, २०८२ कार्तिक १ — पाकिस्तानको आक्रमणमा अफगानिस्तानका तीन क्रिकेट खेलाडीको मृत्यु भएको छ। अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) का अनुसार पक्तिका…
विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

एजेन्सी । विहान सबेरै उठ्न नसक्नु आजकल धेरैको साझा समस्या बनेको छ । बिहान उठेर विभिन्न काम गर्ने योजना बनाए पनि…
प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

काठमाडौं, ३१ असोज । नेपाल प्रहरीले स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठलाई सम्मान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *