• असार ५, २०८२
  • No Comment
  • 180

सुर्खेतमा १९ वर्षपछि पक्राउ परे लागुऔषध मुद्दाका फरार प्रतिवादी

सुर्खेत।  लागुऔषध (अफिम) उत्पादन तथा कारोबार मुद्दामा १९ वर्षदेखि फरार रहेका एक प्रतिवादीलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेत र इलाका प्रहरी कार्यालय लेकवेशीबाट खटिएको संयुक्त प्रहरी टोलीले लेकवेशी नगरपालिका-६ का ४९ वर्षीय तेज बहादुर घर्तीमगरलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) मोहनजंग बुढथापाका अनुसार, घर्तीमगर विरुद्ध २०६३ साल चैत ३० गते लागुऔषध (अफिम) उत्पादन गरेको मुद्दा दर्ता भएको थियो। मुद्दा दर्ता भएपछि फरार रहेका उनलाई प्रहरीले लामो समयदेखि खोजी गरिरहेको थियो।

विशेष सूचनाका आधारमा प्रहरी टोलीले उनलाई  बुधबार साँझ ६ बजे लेकवेशी नगरपालिका-६ स्थित स्याउली बजारमा लुकिछिपी बसेको अवस्थामा फेला पारेको थियो।  अदालतबाट जारी भएको पक्राउ पुर्जीका आधारमा उनलाई पक्राउ गरी आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याइएको डीएसपी बुढथापाले जानकारी दिनुभयो।


सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *