• असार ५, २०८२
  • No Comment
  • 89

सुर्खेतमा १९ वर्षपछि पक्राउ परे लागुऔषध मुद्दाका फरार प्रतिवादी

सुर्खेत।  लागुऔषध (अफिम) उत्पादन तथा कारोबार मुद्दामा १९ वर्षदेखि फरार रहेका एक प्रतिवादीलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेत र इलाका प्रहरी कार्यालय लेकवेशीबाट खटिएको संयुक्त प्रहरी टोलीले लेकवेशी नगरपालिका-६ का ४९ वर्षीय तेज बहादुर घर्तीमगरलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) मोहनजंग बुढथापाका अनुसार, घर्तीमगर विरुद्ध २०६३ साल चैत ३० गते लागुऔषध (अफिम) उत्पादन गरेको मुद्दा दर्ता भएको थियो। मुद्दा दर्ता भएपछि फरार रहेका उनलाई प्रहरीले लामो समयदेखि खोजी गरिरहेको थियो।

विशेष सूचनाका आधारमा प्रहरी टोलीले उनलाई  बुधबार साँझ ६ बजे लेकवेशी नगरपालिका-६ स्थित स्याउली बजारमा लुकिछिपी बसेको अवस्थामा फेला पारेको थियो।  अदालतबाट जारी भएको पक्राउ पुर्जीका आधारमा उनलाई पक्राउ गरी आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याइएको डीएसपी बुढथापाले जानकारी दिनुभयो।


सम्बन्धित खबर

कोहलपुर–सुर्खेत १३२ केभी प्रशारणलाइन तिहारसम्म सम्पन्न गरिसक्नु : मुख्यमन्त्री कँडेल

कोहलपुर–सुर्खेत १३२ केभी प्रशारणलाइन तिहारसम्म सम्पन्न गरिसक्नु : मुख्यमन्त्री…

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले निर्माणाधीन कोहलपुर–सुर्खेत १३२ केभी प्रशारणलाइन तिहारभित्रै सम्पन्न गर्ने गरी काम गर्न निर्देशन दिएका छन्…
महानगर प्रहरीको काम सिनेमा हेरेजस्तो लाग्छ : मेयर बालेन

महानगर प्रहरीको काम सिनेमा हेरेजस्तो लाग्छ : मेयर बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले महानगर प्रहरीको काम सिनेमा हेरेजस्तो लाग्ने गरेको बताएका छन् । शनिबार (भदौ १४)…
सोरु गाउँपालिकामा अनियमितता : निमित्त प्रमुख प्रशासकीय अधिकृत शाहीमाथि करोडौँको भ्रस्टाचारको आरोप

सोरु गाउँपालिकामा अनियमितता : निमित्त प्रमुख प्रशासकीय अधिकृत शाहीमाथि…

मुगु — शक्तिको दुरुपयोग र कानुनी प्रावधानको खुलेआम उल्लंघन गर्दै सोरु गाउँपालिकामा ठूलो आर्थिक अनियमितता भएको तथ्य बाहिर आएको छ ।…

Leave a Reply

Your email address will not be published. Required fields are marked *