• असार ४, २०८२
  • No Comment
  • 122

बाघको आक्रमणमा परेर एक गोठालाको मृत्यु

बारा जिल्लाको अमलेखगञ्ज नजिकको जंगलमा बाघको आक्रमणबाट एक गोठालाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार, मङ्गलवार बाख्रा चराउन जंगल गएका ५५ वर्षीय चन्द्र बहादुर भुलन मृत अवस्थामा फेला परेका हुन् । उनी मकवानपुरको मनहरी घर भई हाल जितपुरसिमरा उपमहानगरपालिका–२१, अमलेखगञ्जमा बसोबास गर्दै आएका थिए । भुलन वीरबहादुर थिङको गोठमा बाख्रा चराउने काम गर्दै आएका थिए । मङ्गलवार बिहान चकरी जंगलतर्फ बाख्रा चराउन गएका उनी साँझसम्म घर नफर्किएपछि आफन्तहरूले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी र स्थानीयवासीको खोजी अभियानपछि बुधबार बिहान साढे ७ बजे दक्षिणकाली सामुदायिक वन क्षेत्रको खोल्सामा बाघले खाएको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए । सुरक्षा निकायले वन क्षेत्रमा जोखिम बढेको भन्दै सतर्कता अपनाउन स्थानियहरूलाई अनुरोध गरेको छ।

सम्बन्धित खबर

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

काठमाडौं, ३१ असोज । नेपाल प्रहरीले स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठलाई सम्मान…
ओलीलाई  नेतृत्व हस्तान्तरण गर्न योगेश भट्टराईको सुझाव

ओलीलाई नेतृत्व हस्तान्तरण गर्न योगेश भट्टराईको सुझाव

काठमाडौं — नेकपा (एमाले) का सचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सहजतापूर्वक नेतृत्व हस्तान्तरण गर्न सुझाव दिएका छन्। पार्टीको…
सुर्खेतमा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

सुर्खेतमा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

सुर्खेत, असोज ३१ — सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन्। वीरेन्द्रनगर–८ खजुरा स्थित ५१ वर्षिय रूद्र…

Leave a Reply

Your email address will not be published. Required fields are marked *