• असार ४, २०८२
  • No Comment
  • 178

बाघको आक्रमणमा परेर एक गोठालाको मृत्यु

बारा जिल्लाको अमलेखगञ्ज नजिकको जंगलमा बाघको आक्रमणबाट एक गोठालाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार, मङ्गलवार बाख्रा चराउन जंगल गएका ५५ वर्षीय चन्द्र बहादुर भुलन मृत अवस्थामा फेला परेका हुन् । उनी मकवानपुरको मनहरी घर भई हाल जितपुरसिमरा उपमहानगरपालिका–२१, अमलेखगञ्जमा बसोबास गर्दै आएका थिए । भुलन वीरबहादुर थिङको गोठमा बाख्रा चराउने काम गर्दै आएका थिए । मङ्गलवार बिहान चकरी जंगलतर्फ बाख्रा चराउन गएका उनी साँझसम्म घर नफर्किएपछि आफन्तहरूले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी र स्थानीयवासीको खोजी अभियानपछि बुधबार बिहान साढे ७ बजे दक्षिणकाली सामुदायिक वन क्षेत्रको खोल्सामा बाघले खाएको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए । सुरक्षा निकायले वन क्षेत्रमा जोखिम बढेको भन्दै सतर्कता अपनाउन स्थानियहरूलाई अनुरोध गरेको छ।

सम्बन्धित खबर

श्रममन्त्रीको सवारी चालक आलम अपहरण आरोपमा पक्राउ

श्रममन्त्रीको सवारी चालक आलम अपहरण आरोपमा पक्राउ

काठमाडौँ । रामजी यादवका सवारी चालक मुस्तकिम आलम अपहरण तथा शरीर बन्धक बनाएको आरोपमा पक्राउ परेका छन्। प्रहरीले उनलाई सोमबार पक्राउ…
५ लाखको चेक बाउन्समा गाउँपालिका अध्यक्ष पक्राउ

५ लाखको चेक बाउन्समा गाउँपालिका अध्यक्ष पक्राउ

सुर्खेत । दैलेखको भैरवी गाउँपालिका अध्यक्ष रिताकुमारी शाही बैंकिङ कसुरको आरोपमा पक्राउ परेकी छन् । प्रहरीका अनुसार शाहीले दिएको करिब पाँच…
चौकुने गाउँपालिकामा ५० प्रतिशत अनुदानमा उन्नत धानको बीउ वितरण

चौकुने गाउँपालिकामा ५० प्रतिशत अनुदानमा उन्नत धानको बीउ वितरण

सुर्खेत। चौकुने गाउँपालिका कृषि विकास शाखा ले ५० प्रतिशत अनुदानमा उन्नत जातको धानको बीउकिसानहरुलाई वितरण सुरु गरेको छ। गाउँपालिकाले धान रोपाइँ…

Leave a Reply

Your email address will not be published. Required fields are marked *