• असार ३, २०८२
  • No Comment
  • 150

इजरायलस्थित चिनियाँ दूतावासद्वारा आफ्ना नागरिकलाई देश छोड्न आग्रह

 इजरायलमा रहँदै आएका आफ्ना नागरिकहरूको सुरक्षालाई ध्यानमा राख्दै इजरायलस्थित चिनियाँ दूतावासले सकेसम्म चाँडो देश छोड्न अपील गरेको छ।

हाल इजरायली हवाई क्षेत्र आंशिक रूपमा अवरुद्ध रहेकाले दूतावासले जोर्डन र इजिप्टसँगका भूमि सीमाबाट बाहिरिन अनुरोध गरेको हो। सोमबार जारी विज्ञप्तिमा दूतावासले

चीनका नागरिकहरूलाई विशेषगरी जोर्डनको माध्यमबाट सुरक्षित रूपमा फर्कन सुझाव दिएको छ। चिनियाँ सरकारी पत्रिका ग्लोबल टाइम्सका अनुसार दूतावासले सम्बन्धित इजरायली अधिकारीहरूसँग

समन्वय गरी जोर्डन तथा इजिप्टसँगका सिमाना खुला रहेको जानकारी दिएको छ। इजरायल र इरानबीचको तनाव तीव्र बन्दै गइरहेको र त्यसको प्रत्यक्ष असर नागरिक जीवनमा परिरहेको सन्दर्भमा चीनले

आफ्ना नागरिकहरूको सुरक्षित उद्धारलाई प्राथमिकता दिएको बताइएको छ। हालसम्मका घटनाहरूमा नागरिक हताहत तथा पूर्वाधारमा क्षतिको विवरण सार्वजनिक भइसकेको छ।

सम्बन्धित खबर

सुर्खेतमा १६ वर्षीया किशोरीको बलात्कारपछि हत्याको आशंका, चार जना पक्राउ

सुर्खेतमा १६ वर्षीया किशोरीको बलात्कारपछि हत्याको आशंका, चार जना…

सुर्खेत — सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया किशोरीलाई  बलात्कारपछि हत्या भएको आशंकामा चार जना नाबालकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय…
रुकुम पश्चिममा सानोभेरी नदीमा दुई बालिका मृत फेला, एक अझै बेपत्ता

रुकुम पश्चिममा सानोभेरी नदीमा दुई बालिका मृत फेला, एक…

 २६ फागुन। रुकुम पश्चिमको सानोभेरी नदीमा दुई जना बालिका मृत अवस्थामा फेला परेका छन् भने अर्की एक बालिका अझै बेपत्ता रहेकी…

Understanding legal regulations in gambling A comprehensive guide to…

Understanding legal regulations in gambling A comprehensive guide to compliance The Importance of Compliance in Gambling Compliance with legal regulations is…

Leave a Reply

Your email address will not be published. Required fields are marked *