• असार ३, २०८२
  • No Comment
  • 95

इजरायलस्थित चिनियाँ दूतावासद्वारा आफ्ना नागरिकलाई देश छोड्न आग्रह

 इजरायलमा रहँदै आएका आफ्ना नागरिकहरूको सुरक्षालाई ध्यानमा राख्दै इजरायलस्थित चिनियाँ दूतावासले सकेसम्म चाँडो देश छोड्न अपील गरेको छ।

हाल इजरायली हवाई क्षेत्र आंशिक रूपमा अवरुद्ध रहेकाले दूतावासले जोर्डन र इजिप्टसँगका भूमि सीमाबाट बाहिरिन अनुरोध गरेको हो। सोमबार जारी विज्ञप्तिमा दूतावासले

चीनका नागरिकहरूलाई विशेषगरी जोर्डनको माध्यमबाट सुरक्षित रूपमा फर्कन सुझाव दिएको छ। चिनियाँ सरकारी पत्रिका ग्लोबल टाइम्सका अनुसार दूतावासले सम्बन्धित इजरायली अधिकारीहरूसँग

समन्वय गरी जोर्डन तथा इजिप्टसँगका सिमाना खुला रहेको जानकारी दिएको छ। इजरायल र इरानबीचको तनाव तीव्र बन्दै गइरहेको र त्यसको प्रत्यक्ष असर नागरिक जीवनमा परिरहेको सन्दर्भमा चीनले

आफ्ना नागरिकहरूको सुरक्षित उद्धारलाई प्राथमिकता दिएको बताइएको छ। हालसम्मका घटनाहरूमा नागरिक हताहत तथा पूर्वाधारमा क्षतिको विवरण सार्वजनिक भइसकेको छ।

सम्बन्धित खबर

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

काठमाडौं । नियमित दिनचर्याले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । स्वास्थ्यलाई दीर्घकालसम्म सुदृढ राख्न दैनिक जीवनका स–साना बानीहरूमा ध्यान दिनु जरुरी…
साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

वीरेन्द्रनगर, सुर्खेत – वीरेन्द्रनगर-३, एरिचाेकमा सञ्चालित साउथ एसियन स्कालर्स एकेडेमीलाई प्रतिष्ठित नेपाल एजुकेशन अवार्ड २०२५ (NEA-2025) द्वारा कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय…
भारतको राजस्थानमा चलिरहेको बसमा भीषण आगलागीः २० भन्दा बढी यात्रुको मृत्यु, धेरै घाइते

भारतको राजस्थानमा चलिरहेको बसमा भीषण आगलागीः २० भन्दा बढी…

राजस्थानको जैसलमेरमा हिजो बेलुका चलिरहेको एसी बसमा लागेको भीषण आगलागीमा २० भन्दा बढी यात्रुको मृत्यु भएको खबर आएको छ। बसमा सवार…

Leave a Reply

Your email address will not be published. Required fields are marked *