• असार २, २०८२
  • No Comment
  • 172

जाजरकोटमा बरामद गरिएको सवा किलो अवैध लागू औषध नष्ट

जाजरकोट।  जाजरकोट प्रहरीले विशेष अभियानका क्रममा बरामद गरेको १ किलो १ सय ५० ग्राम अवैध लागू औषध (अफिम) आज नष्ट गरेको छ । अदालत, जिल्ला प्रशासन कार्यालय लगायत विभिन्न सरोकारवाला निकायका प्रतिनिधिको रोहबरमा  लागू औषध जलाएर नष्ट गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय परिसरभित्रको खाली जग्गामा उक्त लागू औषध नष्ट गरिएको प्रहरीले जनाएको छ । लागू औषध नष्ट गर्ने क्रममा जाजरकोट जिल्ला अदालतका प्रतिनिधि डिठ्ठा सुरेन्द्र राना मगर, जिल्ला प्रशासन कार्यालयका ना.सु. गणेश बहादुर नेपाली, भेरी नगरपालिकाका जनस्वास्थ्य निरीक्षक (स्वास्थ्य शाखा प्रमुख) दिप बहादुर वली र जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हरी राम डाँगीको उपस्थिति रहेको थियो ।

उक्त अफिम गत जेठ २२ गते जुनिचाँदे गाउँपालिका वडा नं. ७, निपानेबाट बरामद गरिएको थियो । ईलाका प्रहरी कार्यालय पंचलादहबाट खटिएको प्रहरी टोलीले कुशे गाउँपालिका वडा नं. ३ का स्थायी बासिन्दा निरज कुमार पुनलाई पक्राउ गरेको थियो । पुनले प्लास्टिकको झोलाभित्र तेलको पोकासँगै छुट्टाछुट्टै पाँचवटा पोकामा लुकाएर राखेको अवस्थामा उक्त खैरो रङ्गको अर्धठोस पदार्थ बरामद भएको प्रहरीले जनाएकाे छ ।

पक्राउ परेका पुनमाथि लागू औषध नियन्त्रण ऐन अनुसार थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *