• असार २, २०८२
  • No Comment
  • 103

जाजरकोटमा बरामद गरिएको सवा किलो अवैध लागू औषध नष्ट

जाजरकोट।  जाजरकोट प्रहरीले विशेष अभियानका क्रममा बरामद गरेको १ किलो १ सय ५० ग्राम अवैध लागू औषध (अफिम) आज नष्ट गरेको छ । अदालत, जिल्ला प्रशासन कार्यालय लगायत विभिन्न सरोकारवाला निकायका प्रतिनिधिको रोहबरमा  लागू औषध जलाएर नष्ट गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय परिसरभित्रको खाली जग्गामा उक्त लागू औषध नष्ट गरिएको प्रहरीले जनाएको छ । लागू औषध नष्ट गर्ने क्रममा जाजरकोट जिल्ला अदालतका प्रतिनिधि डिठ्ठा सुरेन्द्र राना मगर, जिल्ला प्रशासन कार्यालयका ना.सु. गणेश बहादुर नेपाली, भेरी नगरपालिकाका जनस्वास्थ्य निरीक्षक (स्वास्थ्य शाखा प्रमुख) दिप बहादुर वली र जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हरी राम डाँगीको उपस्थिति रहेको थियो ।

उक्त अफिम गत जेठ २२ गते जुनिचाँदे गाउँपालिका वडा नं. ७, निपानेबाट बरामद गरिएको थियो । ईलाका प्रहरी कार्यालय पंचलादहबाट खटिएको प्रहरी टोलीले कुशे गाउँपालिका वडा नं. ३ का स्थायी बासिन्दा निरज कुमार पुनलाई पक्राउ गरेको थियो । पुनले प्लास्टिकको झोलाभित्र तेलको पोकासँगै छुट्टाछुट्टै पाँचवटा पोकामा लुकाएर राखेको अवस्थामा उक्त खैरो रङ्गको अर्धठोस पदार्थ बरामद भएको प्रहरीले जनाएकाे छ ।

पक्राउ परेका पुनमाथि लागू औषध नियन्त्रण ऐन अनुसार थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित खबर

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

काठमाडौं, २०८२ कार्तिक १ — पाकिस्तानको आक्रमणमा अफगानिस्तानका तीन क्रिकेट खेलाडीको मृत्यु भएको छ। अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) का अनुसार पक्तिका…
विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

एजेन्सी । विहान सबेरै उठ्न नसक्नु आजकल धेरैको साझा समस्या बनेको छ । बिहान उठेर विभिन्न काम गर्ने योजना बनाए पनि…
प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

काठमाडौं, ३१ असोज । नेपाल प्रहरीले स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठलाई सम्मान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *