• असार २, २०८२
  • No Comment
  • 173

गृहमन्त्री लेखकको राजीनामाको माग, राप्रपा र रास्वपाबाट संसद् बहिष्कार

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता रहेको आरोप र संसदीय मर्यादा उल्लंघन भएको दाबी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सोमबारको प्रतिनिधिसभा बैठक अवरुद्ध गरेका छन्।

बैठकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले संसद्लाई जबर्जस्ती सञ्चालन गरिएको भन्दै आपत्ति जनाए। उनले पार्टीको तर्फबाट संसद् बहिष्कारको घोषणा गर्दै भने, “संसद् एक सिटको होस् वा सय सिटको, मर्यादा सबैको बराबर हुन्छ। गणित फरक हुन सक्छ, तर विचार निषेध गर्ने अधिकार कसैलाई छैन। ”सभामुख देवराज घिमिरेलाई सबै दलप्रति समान व्यवहार गर्न आग्रह गर्दै लिङ्देनले संसद्लाई “कर्मकाण्डमात्र” बनाइएकामा खेद व्यक्त गरे। उनले भने, “हामी यस्तो संसद्मा सहभागी हुँदैनौं। हामीलाई छुट्याइएको बैठक भत्ता राजस्वमा फिर्ता गरियोस्।” त्यस्तै, रास्वपाले पनि गृहमन्त्रीको राजीनामा माग गर्दै वेल घेरेर नाराबाजी जारी राखेको छ। दुबै दलले भिसा प्रकरणबारे सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठनको माग गरिरहेका छन्।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *