• असार २, २०८२
  • No Comment
  • 138

गृहमन्त्री लेखकको राजीनामाको माग, राप्रपा र रास्वपाबाट संसद् बहिष्कार

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता रहेको आरोप र संसदीय मर्यादा उल्लंघन भएको दाबी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सोमबारको प्रतिनिधिसभा बैठक अवरुद्ध गरेका छन्।

बैठकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले संसद्लाई जबर्जस्ती सञ्चालन गरिएको भन्दै आपत्ति जनाए। उनले पार्टीको तर्फबाट संसद् बहिष्कारको घोषणा गर्दै भने, “संसद् एक सिटको होस् वा सय सिटको, मर्यादा सबैको बराबर हुन्छ। गणित फरक हुन सक्छ, तर विचार निषेध गर्ने अधिकार कसैलाई छैन। ”सभामुख देवराज घिमिरेलाई सबै दलप्रति समान व्यवहार गर्न आग्रह गर्दै लिङ्देनले संसद्लाई “कर्मकाण्डमात्र” बनाइएकामा खेद व्यक्त गरे। उनले भने, “हामी यस्तो संसद्मा सहभागी हुँदैनौं। हामीलाई छुट्याइएको बैठक भत्ता राजस्वमा फिर्ता गरियोस्।” त्यस्तै, रास्वपाले पनि गृहमन्त्रीको राजीनामा माग गर्दै वेल घेरेर नाराबाजी जारी राखेको छ। दुबै दलले भिसा प्रकरणबारे सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठनको माग गरिरहेका छन्।

सम्बन्धित खबर

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १० सचिवसहित ५६ जनाविरुद्ध मुद्दा दायर

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १०…

काठमाडौं– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको व्यापक अनियमितता र भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५६ जनालाई विपक्षी बनाएर विशेष अदालतमा…
सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे  एटीएम सेवा संचालन

सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे एटीएम…

सुर्खेत। सुर्खेतकाे चौकुने गाँउपालिकामा लक्ष्मी सनराईज बैँकको एटीएम सञ्चालनमा आएको छ । चौकुने गाउँपालिका वडा नं. ८ स्थित लक्ष्मी सनराईज बैंकको…
सुडानमा ड्रोन आक्रमण : ३३ बालबालिकासहित ५० जनाको मृत्यु

सुडानमा ड्रोन आक्रमण : ३३ बालबालिकासहित ५० जनाको मृत्यु

काठमाडौं– सुडानको कालोकी शहरस्थित एक बालवाडीलाई लक्षित गर्दै गरिएको ड्रोन आक्रमणमा ३३ बालबालिकासहित कम्तीमा ५० जनाको ज्यान गएको सुडान डाक्टर्स नेटवर्कले…

Leave a Reply

Your email address will not be published. Required fields are marked *