• असार १, २०८२
  • No Comment
  • 139

लोक सेवा आयोगप्रति जनविश्वास उच्च, सुधारमा प्रविधि अनुकूलता प्रशंसनीय प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले लोक सेवा आयोगप्रति जनविश्वास उच्च रहेको बताउँदै आयोगले निष्पक्षता, योग्यता र स्वच्छताका सिद्धान्तमा आधारित रही गरेको कार्यको खुलेर प्रशंसा गर्नुभएको छ।

आयोगको हीरक जयन्तीको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आयोगले समयानुकूल सुधार गर्दै परीक्षा प्रणालीलाई प्रविधिमैत्री बनाउँदै गएकोमा खुसी व्यक्त गर्नुभयो।

“योग्यता र निष्पक्षताको आधारमा योग्य जनशक्तिको छनोट गर्दै आएको आयोगप्रति आम जनताको विश्वास अझ प्रगाढ भएको छ”, उहाँले भन्नुभयो, “प्रविधिको प्रयोगले प्रक्रिया अझ पारदर्शी र प्रभावकारी बनेको छ ।

”प्रधानमन्त्री ओलीले आयोगलाई थप सक्षम बनाउनेतर्फ सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै आयोगको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएका सुझावको कार्यान्वयनका लागि सम्बन्धित निकायले ध्यान दिनुपर्नेमा जोड दिनुभयो।

“सरकारले आवश्यक सहयोग, नीति तथा स्रोतसाधन उपलब्ध गराउन तत्परता देखाउनेछ”, उहाँको भनाइ थियो। कार्यक्रममा प्रमुख अतिथि राष्ट्रपति रामचन्द्र पौडेल रहनुभएको थियो।

कार्यक्रममा प्रधानमन्त्री ओलीले आयोगले युवापुस्तामा विश्वासको वातावरण सिर्जना गर्दै राष्ट्रसेवामा उनीहरूलाई प्रेरित गर्न महत्त्वपूर्ण भूमिका खेलिरहेको उल्लेख गर्नुभयो।

सम्बन्धित खबर

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १० सचिवसहित ५६ जनाविरुद्ध मुद्दा दायर

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १०…

काठमाडौं– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको व्यापक अनियमितता र भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५६ जनालाई विपक्षी बनाएर विशेष अदालतमा…
सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे  एटीएम सेवा संचालन

सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे एटीएम…

सुर्खेत। सुर्खेतकाे चौकुने गाँउपालिकामा लक्ष्मी सनराईज बैँकको एटीएम सञ्चालनमा आएको छ । चौकुने गाउँपालिका वडा नं. ८ स्थित लक्ष्मी सनराईज बैंकको…
सुडानमा ड्रोन आक्रमण : ३३ बालबालिकासहित ५० जनाको मृत्यु

सुडानमा ड्रोन आक्रमण : ३३ बालबालिकासहित ५० जनाको मृत्यु

काठमाडौं– सुडानको कालोकी शहरस्थित एक बालवाडीलाई लक्षित गर्दै गरिएको ड्रोन आक्रमणमा ३३ बालबालिकासहित कम्तीमा ५० जनाको ज्यान गएको सुडान डाक्टर्स नेटवर्कले…

Leave a Reply

Your email address will not be published. Required fields are marked *