• असार १, २०८२
  • No Comment
  • 204

लोक सेवा आयोगप्रति जनविश्वास उच्च, सुधारमा प्रविधि अनुकूलता प्रशंसनीय प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले लोक सेवा आयोगप्रति जनविश्वास उच्च रहेको बताउँदै आयोगले निष्पक्षता, योग्यता र स्वच्छताका सिद्धान्तमा आधारित रही गरेको कार्यको खुलेर प्रशंसा गर्नुभएको छ।

आयोगको हीरक जयन्तीको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आयोगले समयानुकूल सुधार गर्दै परीक्षा प्रणालीलाई प्रविधिमैत्री बनाउँदै गएकोमा खुसी व्यक्त गर्नुभयो।

“योग्यता र निष्पक्षताको आधारमा योग्य जनशक्तिको छनोट गर्दै आएको आयोगप्रति आम जनताको विश्वास अझ प्रगाढ भएको छ”, उहाँले भन्नुभयो, “प्रविधिको प्रयोगले प्रक्रिया अझ पारदर्शी र प्रभावकारी बनेको छ ।

”प्रधानमन्त्री ओलीले आयोगलाई थप सक्षम बनाउनेतर्फ सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै आयोगको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएका सुझावको कार्यान्वयनका लागि सम्बन्धित निकायले ध्यान दिनुपर्नेमा जोड दिनुभयो।

“सरकारले आवश्यक सहयोग, नीति तथा स्रोतसाधन उपलब्ध गराउन तत्परता देखाउनेछ”, उहाँको भनाइ थियो। कार्यक्रममा प्रमुख अतिथि राष्ट्रपति रामचन्द्र पौडेल रहनुभएको थियो।

कार्यक्रममा प्रधानमन्त्री ओलीले आयोगले युवापुस्तामा विश्वासको वातावरण सिर्जना गर्दै राष्ट्रसेवामा उनीहरूलाई प्रेरित गर्न महत्त्वपूर्ण भूमिका खेलिरहेको उल्लेख गर्नुभयो।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *