• जेष्ठ २९, २०८२
  • No Comment
  • 98

 गायिका रचना रिमालको स्वास्थ्यमा समस्या, इमरजेन्सी क्याबिनमा उपचार हुदै

लोकप्रिय गायिका रचना रिमाल हाल काठमाडौँको ह्याम्स अस्पतालको इमरजेन्सी क्याबिनमा उपचाररत छिन्। रुकुम पश्चिममा आयोजित एक सांगीतिक कार्यक्रममा सहभागिता जनाउँदै गर्दा अचानक पेट दुख्ने र सानो आन्द्रामा संक्रमण देखिएपछि उनलाई नेपालगञ्ज हुँदै हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको हो। नेपाल सेनाको हेलिकप्टरद्वारा रिमाललाई उद्धार गरिएको पुष्टि भएको छ। अस्पताल स्रोतका अनुसार उनको सानो आन्द्रामा गम्भीर संक्रमण देखिएको छ, जसका कारण उनलाई अहिले इन्ट्राभेनस (IV) मार्फत तरल पदार्थ दिइएको छ। चिकित्सकहरूले खानपिन पूर्ण रूपमा रोकेर औषधोपचार गरिरहेको बताएका छन्।

चिकित्सकहरूका अनुसार, रिमाललाई अझै केही दिन अस्पतालमै राख्नुपर्नेछ। “उनी खान सक्ने अवस्थामा पुगेपछि मात्र डिस्चार्ज गर्ने योजना रहेको” चिकित्सकको भनाइ छ। रचना रिमालको उपचार जारी छ र अवस्था सुधारोन्मुख छ। केही दिनपछि स्वास्थ्यमा अपेक्षित सुधार देखिएमा, सामान्य खानपान सुरु गर्न दिइने र त्यसपछि डिस्चार्जको निर्णय गरिने अस्पतालले जनाएको छ।

सम्बन्धित खबर

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

काठमाडौं, ३१ असोज । नेपाल प्रहरीले स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठलाई सम्मान…
ओलीलाई  नेतृत्व हस्तान्तरण गर्न योगेश भट्टराईको सुझाव

ओलीलाई नेतृत्व हस्तान्तरण गर्न योगेश भट्टराईको सुझाव

काठमाडौं — नेकपा (एमाले) का सचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सहजतापूर्वक नेतृत्व हस्तान्तरण गर्न सुझाव दिएका छन्। पार्टीको…
सुर्खेतमा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

सुर्खेतमा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

सुर्खेत, असोज ३१ — सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन्। वीरेन्द्रनगर–८ खजुरा स्थित ५१ वर्षिय रूद्र…

Leave a Reply

Your email address will not be published. Required fields are marked *