• जेष्ठ २९, २०८२
  • No Comment
  • 170

 गायिका रचना रिमालको स्वास्थ्यमा समस्या, इमरजेन्सी क्याबिनमा उपचार हुदै

लोकप्रिय गायिका रचना रिमाल हाल काठमाडौँको ह्याम्स अस्पतालको इमरजेन्सी क्याबिनमा उपचाररत छिन्। रुकुम पश्चिममा आयोजित एक सांगीतिक कार्यक्रममा सहभागिता जनाउँदै गर्दा अचानक पेट दुख्ने र सानो आन्द्रामा संक्रमण देखिएपछि उनलाई नेपालगञ्ज हुँदै हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको हो। नेपाल सेनाको हेलिकप्टरद्वारा रिमाललाई उद्धार गरिएको पुष्टि भएको छ। अस्पताल स्रोतका अनुसार उनको सानो आन्द्रामा गम्भीर संक्रमण देखिएको छ, जसका कारण उनलाई अहिले इन्ट्राभेनस (IV) मार्फत तरल पदार्थ दिइएको छ। चिकित्सकहरूले खानपिन पूर्ण रूपमा रोकेर औषधोपचार गरिरहेको बताएका छन्।

चिकित्सकहरूका अनुसार, रिमाललाई अझै केही दिन अस्पतालमै राख्नुपर्नेछ। “उनी खान सक्ने अवस्थामा पुगेपछि मात्र डिस्चार्ज गर्ने योजना रहेको” चिकित्सकको भनाइ छ। रचना रिमालको उपचार जारी छ र अवस्था सुधारोन्मुख छ। केही दिनपछि स्वास्थ्यमा अपेक्षित सुधार देखिएमा, सामान्य खानपान सुरु गर्न दिइने र त्यसपछि डिस्चार्जको निर्णय गरिने अस्पतालले जनाएको छ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *