• जेष्ठ २८, २०८२
  • No Comment
  • 117

सभामुख घिमिरेको आग्रह : “संसद् प्राणहीन नबनाऔँ”, बैठक फेरि स्थगित

काठमाडौं — प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सांसदहरूलाई संसदलाई “प्राणहीन” नबनाउन अपिल गरेका छन्। बुधबारको बैठकमा प्रमुख प्रतिपक्ष माओवादी केन्द्र, रास्वपा, राप्रपा र एकीकृत समाजवादीका सांसदहरू नाराबाजीमा उत्रिएपछि उनले यस्तो आग्रह गरेका हुन्।

सभामुख घिमिरेले दुई सातादेखि संसद् अबरुद्ध भएकाले छलफलका लागि अनुकूल वातावरण बनाउनुपर्ने आवश्यकता दोहोर्याए। उनले भने, “संसद् देशका समस्यामाथि छलफल गर्ने सर्वोच्च मञ्च हो। सबै माननीय सदस्यहरूलाई आसन ग्रहण गरी नियमित कार्यसूचीमा प्रवेश गर्न म अनुरोध गर्छु। उनले दलहरूको विषयहरू दलीय आधारमा प्रस्तुत गर्न सकिने भन्दै छलफल अघि बढाउन आग्रह गरे। तर सांसदहरू अझै आसनमा फर्केनन् र नाराबाजी जारी राखे। अन्ततः सभामुखले आजको बैठक स्थगन गरेका छन्। अब संसद् बैठक बिहीबार दिउँसो ३ बजे बस्नेछ।

सम्बन्धित खबर

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

काठमाडौं । नियमित दिनचर्याले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । स्वास्थ्यलाई दीर्घकालसम्म सुदृढ राख्न दैनिक जीवनका स–साना बानीहरूमा ध्यान दिनु जरुरी…
साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

वीरेन्द्रनगर, सुर्खेत – वीरेन्द्रनगर-३, एरिचाेकमा सञ्चालित साउथ एसियन स्कालर्स एकेडेमीलाई प्रतिष्ठित नेपाल एजुकेशन अवार्ड २०२५ (NEA-2025) द्वारा कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय…
भारतको राजस्थानमा चलिरहेको बसमा भीषण आगलागीः २० भन्दा बढी यात्रुको मृत्यु, धेरै घाइते

भारतको राजस्थानमा चलिरहेको बसमा भीषण आगलागीः २० भन्दा बढी…

राजस्थानको जैसलमेरमा हिजो बेलुका चलिरहेको एसी बसमा लागेको भीषण आगलागीमा २० भन्दा बढी यात्रुको मृत्यु भएको खबर आएको छ। बसमा सवार…

Leave a Reply

Your email address will not be published. Required fields are marked *