• जेष्ठ २८, २०८२
  • No Comment
  • 162

सभामुख घिमिरेको आग्रह : “संसद् प्राणहीन नबनाऔँ”, बैठक फेरि स्थगित

काठमाडौं — प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सांसदहरूलाई संसदलाई “प्राणहीन” नबनाउन अपिल गरेका छन्। बुधबारको बैठकमा प्रमुख प्रतिपक्ष माओवादी केन्द्र, रास्वपा, राप्रपा र एकीकृत समाजवादीका सांसदहरू नाराबाजीमा उत्रिएपछि उनले यस्तो आग्रह गरेका हुन्।

सभामुख घिमिरेले दुई सातादेखि संसद् अबरुद्ध भएकाले छलफलका लागि अनुकूल वातावरण बनाउनुपर्ने आवश्यकता दोहोर्याए। उनले भने, “संसद् देशका समस्यामाथि छलफल गर्ने सर्वोच्च मञ्च हो। सबै माननीय सदस्यहरूलाई आसन ग्रहण गरी नियमित कार्यसूचीमा प्रवेश गर्न म अनुरोध गर्छु। उनले दलहरूको विषयहरू दलीय आधारमा प्रस्तुत गर्न सकिने भन्दै छलफल अघि बढाउन आग्रह गरे। तर सांसदहरू अझै आसनमा फर्केनन् र नाराबाजी जारी राखे। अन्ततः सभामुखले आजको बैठक स्थगन गरेका छन्। अब संसद् बैठक बिहीबार दिउँसो ३ बजे बस्नेछ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *