• जेष्ठ २६, २०८२
  • No Comment
  • 109

जाजरकोटमा १ युवकमाथि चक्कु प्रहार गरी फरार भएका दुईजना काठमाडौंबाट पक्राउ

जाजरकोट। जाजरकोटमा एक युवकलाई मरणासन्न हुने गरी चक्कु प्रहार गरी फरार रहेका दुई जना अभियुक्तलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय, जाजरकोटले आज  हत्या प्रयासमा संलग्न दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा जाजरकोटको कुशे गाउँपालिका वडा नं. ७ समकोटका २७ वर्षीय दिपेन्द्र सिंह र सोही ठाउँका २७ वर्षीय तम सिंह भन्ने तम बहादुर शाही रहेका छन्।

प्रहरीका अनुसार, गत जेठ ६ गते बिहान करिब ८ बजे कुशे गाउँपालिका वडा नं. ५ साँधि विसाउनामा सोही गाउँपालिका वडा नं. ८ का २१ वर्षीय आनन्द सिंहमाथि सामूहिक आक्रमण भएको थियो। दिपेन्द्र सिंह, तम बहादुर शाही र सोही ठाउँका २३ वर्षीय भिम सिंहले आनन्दको हातखुट्टा बाँधी चक्कुले टाउको, निधार, हात, खुट्टालगायत शरीरका विभिन्न भागमा पालैपालो प्रहार गरी गम्भीर घाइते बनाएका थिए। घटना घटाएपछि उनीहरू फरार भएका थिए।

घटनालगत्तै अनुसन्धानमा जुटेको प्रहरीले फरार अभियुक्तहरूको खोजी गर्ने क्रममा दिपेन्द्र र तम बहादुर काठमाडौंमा लुकेर बसेको पत्ता लगाएको थियो। जिल्ला प्रहरी कार्यालय जाजरकोटले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुसँग समन्वय गरी जेठ २३ गते राति ९ बजे उनीहरूलाई काठमाडौंको कीर्तिपुर नगरपालिका-१, ट्याङलाफाटबाट पक्राउ गरेको हो।

पक्राउ परेका दुवै जनालाई जेठ २५ गते जाजरकोट ल्याई जिल्ला अदालतबाट ‘ज्यान मार्ने उद्योग’ मुद्दामा ७ दिनको म्याद थप गरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, जाजरकोटका सूचना अधिकृत प्रहरी निरीक्षक हरि राम डाँगीले जानकारी दिनुभयो। घटनामा संलग्न अर्का अभियुक्त भिम सिंह भने अझै फरार रहेका छन् र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

काठमाडौं, २०८२ कार्तिक १ — पाकिस्तानको आक्रमणमा अफगानिस्तानका तीन क्रिकेट खेलाडीको मृत्यु भएको छ। अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) का अनुसार पक्तिका…
विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

एजेन्सी । विहान सबेरै उठ्न नसक्नु आजकल धेरैको साझा समस्या बनेको छ । बिहान उठेर विभिन्न काम गर्ने योजना बनाए पनि…
प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

काठमाडौं, ३१ असोज । नेपाल प्रहरीले स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठलाई सम्मान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *