• जेष्ठ २६, २०८२
  • No Comment
  • 176

जाजरकोटमा १ युवकमाथि चक्कु प्रहार गरी फरार भएका दुईजना काठमाडौंबाट पक्राउ

जाजरकोट। जाजरकोटमा एक युवकलाई मरणासन्न हुने गरी चक्कु प्रहार गरी फरार रहेका दुई जना अभियुक्तलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय, जाजरकोटले आज  हत्या प्रयासमा संलग्न दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा जाजरकोटको कुशे गाउँपालिका वडा नं. ७ समकोटका २७ वर्षीय दिपेन्द्र सिंह र सोही ठाउँका २७ वर्षीय तम सिंह भन्ने तम बहादुर शाही रहेका छन्।

प्रहरीका अनुसार, गत जेठ ६ गते बिहान करिब ८ बजे कुशे गाउँपालिका वडा नं. ५ साँधि विसाउनामा सोही गाउँपालिका वडा नं. ८ का २१ वर्षीय आनन्द सिंहमाथि सामूहिक आक्रमण भएको थियो। दिपेन्द्र सिंह, तम बहादुर शाही र सोही ठाउँका २३ वर्षीय भिम सिंहले आनन्दको हातखुट्टा बाँधी चक्कुले टाउको, निधार, हात, खुट्टालगायत शरीरका विभिन्न भागमा पालैपालो प्रहार गरी गम्भीर घाइते बनाएका थिए। घटना घटाएपछि उनीहरू फरार भएका थिए।

घटनालगत्तै अनुसन्धानमा जुटेको प्रहरीले फरार अभियुक्तहरूको खोजी गर्ने क्रममा दिपेन्द्र र तम बहादुर काठमाडौंमा लुकेर बसेको पत्ता लगाएको थियो। जिल्ला प्रहरी कार्यालय जाजरकोटले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुसँग समन्वय गरी जेठ २३ गते राति ९ बजे उनीहरूलाई काठमाडौंको कीर्तिपुर नगरपालिका-१, ट्याङलाफाटबाट पक्राउ गरेको हो।

पक्राउ परेका दुवै जनालाई जेठ २५ गते जाजरकोट ल्याई जिल्ला अदालतबाट ‘ज्यान मार्ने उद्योग’ मुद्दामा ७ दिनको म्याद थप गरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, जाजरकोटका सूचना अधिकृत प्रहरी निरीक्षक हरि राम डाँगीले जानकारी दिनुभयो। घटनामा संलग्न अर्का अभियुक्त भिम सिंह भने अझै फरार रहेका छन् र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *