• जेष्ठ २५, २०८२
  • No Comment
  • 95

जाजरकोटमा पानी ट्याङ्कीमा डुबेर १२ वर्षीय बालकको मृत्यु

 जाजरकोट।  जाजरकोटको भेरी नगरपालिकाको वडा नम्बर ९, कालाभुरमा एक १२ वर्षीय बालकको पानी ट्याङ्कीमा डुबेर ज्यान गएको छ।

खडक प्रसाद शर्माका छोरा रमेश शर्मा स्थानीय सिचाइ प्रयोजनका लागि बनाइएको खुल्ला पानी ट्याङ्कीमा पौडी खेल्ने क्रममा आइतबार दिउँसो १:३० बजे डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जाजरकाेटले जनाएको छ।

घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय जगतीपुरबाट प्रहरी निरीक्षक कमल बटालाको कमाण्डमा ४ जना प्रहरी टोली तत्काल घटनास्थलतर्फ खटिएको थियो।

 थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट प्रहरी निरीक्षक हरिराम डाँगीको कमाण्डमा SOCO टोली पनि दिउँसो २:३० बजे घटनास्थलतर्फ खटिएको जनाइएको छ।

हाल घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

काठमाडौं, २०८२ कार्तिक १ — पाकिस्तानको आक्रमणमा अफगानिस्तानका तीन क्रिकेट खेलाडीको मृत्यु भएको छ। अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) का अनुसार पक्तिका…
विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

एजेन्सी । विहान सबेरै उठ्न नसक्नु आजकल धेरैको साझा समस्या बनेको छ । बिहान उठेर विभिन्न काम गर्ने योजना बनाए पनि…
प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

काठमाडौं, ३१ असोज । नेपाल प्रहरीले स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठलाई सम्मान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *