• जेष्ठ २५, २०८२
  • No Comment
  • 205

जाजरकोटमा पानी ट्याङ्कीमा डुबेर १२ वर्षीय बालकको मृत्यु

 जाजरकोट।  जाजरकोटको भेरी नगरपालिकाको वडा नम्बर ९, कालाभुरमा एक १२ वर्षीय बालकको पानी ट्याङ्कीमा डुबेर ज्यान गएको छ।

खडक प्रसाद शर्माका छोरा रमेश शर्मा स्थानीय सिचाइ प्रयोजनका लागि बनाइएको खुल्ला पानी ट्याङ्कीमा पौडी खेल्ने क्रममा आइतबार दिउँसो १:३० बजे डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जाजरकाेटले जनाएको छ।

घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय जगतीपुरबाट प्रहरी निरीक्षक कमल बटालाको कमाण्डमा ४ जना प्रहरी टोली तत्काल घटनास्थलतर्फ खटिएको थियो।

 थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट प्रहरी निरीक्षक हरिराम डाँगीको कमाण्डमा SOCO टोली पनि दिउँसो २:३० बजे घटनास्थलतर्फ खटिएको जनाइएको छ।

हाल घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *