• जेष्ठ २३, २०८२
  • No Comment
  • 123

चौकुनेमा ५ दिने निशुल्क योग विज्ञान शिविर संचालन हुने

सुर्खेत। चौकुने गाउँपालिका वडा न ८ को साँझाहलमा स्थानीय पाठ्यक्रममा आधारित रहेर मिति २०८२ साल जेष्ठ २५ गतेदेखि २९ गतेसम्म ५ दिने निशुल्क योग विज्ञान शिविर संचालन हुने भएको छ । चौकुने शिक्षा युवा तथा खेलकुद शाखाको आयोजना मा संचालन हुने पंतजली योग विज्ञान शिविरमा पतञ्जली योग समिति सुर्खेतको सहकार्य र नेपाल शिक्षक महासंघको समन्वय   रहेको छ ।शिविरका संयोजक तथा पतञ्जली योग समिति चौकुनेका ईन्चार्ज हरि प्रसाद अधिकारीले योगको माध्यमबाट स्वस्थ नागरिक, स्वस्थ घर, स्वस्थ समाज हुँदै चौकुने स्वस्थ बनाउने अभियान रहेको बताउनुभयो ।

समितिले निरन्तर योग संचालन गर्दै आए पनि जेष्ठ २५ देखी २९ गते सम्म विहान ५ बजे देखी ७ बजे सम्म शिवर सञ्चालन हुने हुँदा सबैलाई सहभागि हुन अधिकारीले आग्रह गर्नुभएको छ । शिविरमा केन्द्रिय योग गुरु देव कृपाबाट योग अभ्यास गराईने बताईएको छ । चौकुनेमा संचालन हुने शिविरमा १५० जनाको सहभागिता जनाउने अपेक्षा आयोजकको रहेको छ ।

निशुल्क रुपमा संचालन हुने शिविरका लागि चौकुने गाउँपालिकाले आर्थिक सहयोग गरेको छ ।

सम्बन्धित खबर

कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम

कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम

सुर्खेत, असोज ३१ — नेपाल टेलिकम कर्णाली प्रादेशिक निर्देशनालय सुर्खेतले कर्णाली प्रदेशभर सञ्चार सेवाको पहुँच विस्तार गर्ने अभियान तीव्र पारेको छ।…
पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

इस्लामावाद, असोज ३० — पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा भएको एक सडक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य…
विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

काठमाडौं । नियमित दिनचर्याले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । स्वास्थ्यलाई दीर्घकालसम्म सुदृढ राख्न दैनिक जीवनका स–साना बानीहरूमा ध्यान दिनु जरुरी…

Leave a Reply

Your email address will not be published. Required fields are marked *