• जेष्ठ २३, २०८२
  • No Comment
  • 185

चौकुनेमा ५ दिने निशुल्क योग विज्ञान शिविर संचालन हुने

सुर्खेत। चौकुने गाउँपालिका वडा न ८ को साँझाहलमा स्थानीय पाठ्यक्रममा आधारित रहेर मिति २०८२ साल जेष्ठ २५ गतेदेखि २९ गतेसम्म ५ दिने निशुल्क योग विज्ञान शिविर संचालन हुने भएको छ । चौकुने शिक्षा युवा तथा खेलकुद शाखाको आयोजना मा संचालन हुने पंतजली योग विज्ञान शिविरमा पतञ्जली योग समिति सुर्खेतको सहकार्य र नेपाल शिक्षक महासंघको समन्वय   रहेको छ ।शिविरका संयोजक तथा पतञ्जली योग समिति चौकुनेका ईन्चार्ज हरि प्रसाद अधिकारीले योगको माध्यमबाट स्वस्थ नागरिक, स्वस्थ घर, स्वस्थ समाज हुँदै चौकुने स्वस्थ बनाउने अभियान रहेको बताउनुभयो ।

समितिले निरन्तर योग संचालन गर्दै आए पनि जेष्ठ २५ देखी २९ गते सम्म विहान ५ बजे देखी ७ बजे सम्म शिवर सञ्चालन हुने हुँदा सबैलाई सहभागि हुन अधिकारीले आग्रह गर्नुभएको छ । शिविरमा केन्द्रिय योग गुरु देव कृपाबाट योग अभ्यास गराईने बताईएको छ । चौकुनेमा संचालन हुने शिविरमा १५० जनाको सहभागिता जनाउने अपेक्षा आयोजकको रहेको छ ।

निशुल्क रुपमा संचालन हुने शिविरका लागि चौकुने गाउँपालिकाले आर्थिक सहयोग गरेको छ ।

सम्बन्धित खबर

५ लाखको चेक बाउन्समा गाउँपालिका अध्यक्ष पक्राउ

५ लाखको चेक बाउन्समा गाउँपालिका अध्यक्ष पक्राउ

सुर्खेत । दैलेखको भैरवी गाउँपालिका अध्यक्ष रिताकुमारी शाही बैंकिङ कसुरको आरोपमा पक्राउ परेकी छन् । प्रहरीका अनुसार शाहीले दिएको करिब पाँच…
चौकुने गाउँपालिकामा ५० प्रतिशत अनुदानमा उन्नत धानको बीउ वितरण

चौकुने गाउँपालिकामा ५० प्रतिशत अनुदानमा उन्नत धानको बीउ वितरण

सुर्खेत। चौकुने गाउँपालिका कृषि विकास शाखा ले ५० प्रतिशत अनुदानमा उन्नत जातको धानको बीउकिसानहरुलाई वितरण सुरु गरेको छ। गाउँपालिकाले धान रोपाइँ…
गर्मीमा चिसो पानी पिउने कि नर्मल ?

गर्मीमा चिसो पानी पिउने कि नर्मल ?

काठमाडौं । गर्मी मौसममा शरीरलाई हाइड्रेट राख्न पर्याप्त पानी पिउनु अत्यन्त आवश्यक मानिन्छ । तर तिर्खा लाग्दा धेरैलाई एउटा प्रश्नले अलमल्याउँछ—फ्रिजको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *