• जेष्ठ २२, २०८२
  • No Comment
  • 153

माधव नेपाल भन्छन्– राजनीतिक जीवन समाप्त पार्ने नियतले मुद्दा चलाइयो

 

पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूमाथि लगाइएको भ्रष्टाचारको आरोपलाई राजनीतिक प्रतिशोधको रूपमा व्याख्या गर्दै, आफ्नो राजनीतिक जीवन समाप्त पार्ने नियतले मुद्दा चलाइएको बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली आयुर्वेदसँग सम्बन्धित जग्गा सट्टापट्टा प्रकरणमा नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले नेपालविरुद्ध १८ करोड ५८ लाख रुपैयाँ बिगो मागदाबी गरेको छ। आरोप अनुसार, नेपाल प्रधानमन्त्री रहँदा पतञ्जलीलाई हदबन्दीभन्दा बढी जग्गा सट्टापट्टा गर्न स्वीकृति दिइएको थियो, जुन दुई महिनाभित्रै गैरकानुनी रूपमा हाउजिङ कम्पनीलाई बिक्री गरिएको बताइएको छ ।

भ्रष्टाचार मुद्दा दायर भएसँगै नेपालको प्रतिनिधिसभा सदस्य पद स्वतः निलम्बनमा परेको छ। भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार, मुद्दा दायर भएपछि सम्बन्धित राष्ट्रसेवकको पद निलम्बनमा जाने प्रावधान छ  रौतहटमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपालले आफूमाथि सुरुदेखि नै षड्यन्त्र भएको र राजनीतिक जीवन समाप्त पार्ने नियतले मुद्दा चलाइएको आरोप लगाए। उनले कुनै पनि अनुचित काम नगरेको र त्यस्ता कार्यलाई प्रोत्साहनसमेत नगरेको दाबी गरे। उनको भनाइमा, “मैले कुनै अनुचित काम गरेको छैन। तर, कानुनी प्रक्रियाको सामना गर्ने छु। मविरुद्ध सुरुदेखि नै षड्यन्त्र भइरहेको थियो। राजनीतिक जीवन समाप्त पार्ने नियतले मुद्दा चलाइएको हो”  नेपालको इतिहासमा पहिलोपटक कुनै पूर्वप्रधानमन्त्रीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो। साथै, मन्त्रिपरिषद्को निर्णयमाथि भ्रष्टाचारविरुद्धको मुद्दा चलेको पनि यो पहिलोपटक हो ।

 

सम्बन्धित खबर

बीमा क्षेत्र विपत्तिको सारथी बन्नुपर्छ : मुख्यमन्त्री कँडेल

बीमा क्षेत्र विपत्तिको सारथी बन्नुपर्छ : मुख्यमन्त्री कँडेल

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बीमा क्षेत्रलाई विपत्तिको सारथी तथा दुःखमा साथ दिने भरपर्दो माध्यमका रूपमा विकास गर्नुपर्ने बताएका…
विज्ञान भन्छ– रक्सीले शरीरमा पुर्‍याएको क्षति आंशिक रूपमा उल्ट्याउन सकिन्छ

विज्ञान भन्छ– रक्सीले शरीरमा पुर्‍याएको क्षति आंशिक रूपमा उल्ट्याउन…

काठमाडौं : वैज्ञानिकहरूले समयमै रक्सी सेवन बन्द गरे शरीरमा भएको धेरै क्षति कम गर्न, रोक्न वा आंशिक रूपमा उल्ट्याउन सकिने बताएका…
सुर्खेतकाे फूलबारी टोलमा जुवा खेलिरहेको अवस्थामा घरबेटीसहित ८ जना पक्राउ

सुर्खेतकाे फूलबारी टोलमा जुवा खेलिरहेको अवस्थामा घरबेटीसहित ८ जना…

सुर्खेत, ३० वैशाख : सुर्खेतको  वीरेन्द्रनगरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले घरबेटीसहित ८ जनालाई पक्राउ गरेको छ। वीरेन्द्रनगर नगरपालिका–७ फूलबारी टोलस्थित जनक…

Leave a Reply

Your email address will not be published. Required fields are marked *