• जेष्ठ २१, २०८२
  • No Comment
  • 126

चौकुने गाउँपालिका अध्यक्ष खडक बिवस बासपानेद्वरा बिभिन्न योजनाहरु अनुगमन

चौकुने। चौकुने गाउँपालिका अध्यक्ष खडक बिवस वासपाने ,उपाध्यक्ष नर बहादुर बान्तोला र सामाजिक बिकास संयोजक तथा वडा न ८ का वडा अध्यक्ष कमल जि सी , वडा न ७ का वडा अध्यक्ष धनिराम धमालाले संघिय सरकार र प्रदेश सरकारबाट कार्यान्वयन भईरहेका बिभिन्न योजनाहरुको अनुगमन गर्नु भएको छ । योजना अनुगमनका क्रममा अध्यक्ष वासपानेले हचुवाका भरमा म्याद थपेर निर्माण कार्य अलपत्र हुन नदिने र काम नगर्ने निर्माण कम्पनीलाई कार्वाही गरिने बताउनु भएको छ । संघिय सरकार र प्रदेश सरकारले सञ्चालन गरिरहेका योजनाको अवस्था के छ, ती योजनाको प्रगतिका लागि के गर्नुपर्छ र आगामी बजेटमा कस्ता योजना समावेश गर्नुपर्छ भन्ने उद्देश्यले अनुगमन गरिएको बताउनुभयो ।

उहाँले खासगरी लामो समयदेखि ठेक्का लागेर पनि प्रगती हुन नसकेका योजनाहरुलाई कसरी अघि बढाउने भन्ने बारेमा स्थलगत अनुगमन गरिएको बताउनु भयो । अध्यक्ष बिवसले हरेक योजना अनुगमनका क्रममा सम्झौता अवधिभित्र योजना सम्पन्न गर्न निर्माण कम्पनी र रेखदेख गर्ने सम्बन्धित कार्यालयलाई निर्देशन दिनु भएको छ । पछिल्लो समयमा ठेकेदारको लापरवाहीका कारण अधिकांश योजना अलपत्र पर्ने गरेको गुनासो आएपछि ठेकेदार प्रति स्थानीय सरकार कडा बन्दै गएको छ। जनताको मर्म अनुसार काम नगरी मनपरी निर्माण सामाग्रीको प्रयोग गर्ने र विभिन्न बाहना बनाउँदै काम ठग्ने ठेकेदारको पहिचान गर्न लागेको हो। ठेकेदारको लापरबाही र ढिला सुस्तीले योजना प्रभावित भएको हुँदा कडा कार्वाही गर्ने तयारी रहेको बताउनुभयो । उहाँले ठेकेदारहरुलाई जुन शर्तमा ठेक्का सम्झौता भएको हो, त्यही अनुसारको काम अघि बढाउनको लागि निर्देशन दिनु भएको छ ।

ठेकेदार र निर्माण कम्पनीसंग सरोकार राख्ने सवै निकायालाई काममा छिटो छरितो र गुणस्तरीय कामका लागि जानकारी गराउनु भयो । विभिन्न बाहनामा ढिलासुस्ती गर्ने , काम ठग्ने ठेकेदार र उपभोक्ता समिति कसैले पनि उन्मुक्ति नपाउने र गुणस्तरीयहिन काममा कारवाही प्रक्रिया अघि बढाउने समेत बताउनुभएको छ ।

सम्बन्धित खबर

कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम

कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम

सुर्खेत, असोज ३१ — नेपाल टेलिकम कर्णाली प्रादेशिक निर्देशनालय सुर्खेतले कर्णाली प्रदेशभर सञ्चार सेवाको पहुँच विस्तार गर्ने अभियान तीव्र पारेको छ।…
पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

इस्लामावाद, असोज ३० — पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा भएको एक सडक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य…
विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

काठमाडौं । नियमित दिनचर्याले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । स्वास्थ्यलाई दीर्घकालसम्म सुदृढ राख्न दैनिक जीवनका स–साना बानीहरूमा ध्यान दिनु जरुरी…

Leave a Reply

Your email address will not be published. Required fields are marked *