• जेष्ठ २१, २०८२
  • No Comment
  • 217

चौकुने गाउँपालिका अध्यक्ष खडक बिवस बासपानेद्वरा बिभिन्न योजनाहरु अनुगमन

चौकुने। चौकुने गाउँपालिका अध्यक्ष खडक बिवस वासपाने ,उपाध्यक्ष नर बहादुर बान्तोला र सामाजिक बिकास संयोजक तथा वडा न ८ का वडा अध्यक्ष कमल जि सी , वडा न ७ का वडा अध्यक्ष धनिराम धमालाले संघिय सरकार र प्रदेश सरकारबाट कार्यान्वयन भईरहेका बिभिन्न योजनाहरुको अनुगमन गर्नु भएको छ । योजना अनुगमनका क्रममा अध्यक्ष वासपानेले हचुवाका भरमा म्याद थपेर निर्माण कार्य अलपत्र हुन नदिने र काम नगर्ने निर्माण कम्पनीलाई कार्वाही गरिने बताउनु भएको छ । संघिय सरकार र प्रदेश सरकारले सञ्चालन गरिरहेका योजनाको अवस्था के छ, ती योजनाको प्रगतिका लागि के गर्नुपर्छ र आगामी बजेटमा कस्ता योजना समावेश गर्नुपर्छ भन्ने उद्देश्यले अनुगमन गरिएको बताउनुभयो ।

उहाँले खासगरी लामो समयदेखि ठेक्का लागेर पनि प्रगती हुन नसकेका योजनाहरुलाई कसरी अघि बढाउने भन्ने बारेमा स्थलगत अनुगमन गरिएको बताउनु भयो । अध्यक्ष बिवसले हरेक योजना अनुगमनका क्रममा सम्झौता अवधिभित्र योजना सम्पन्न गर्न निर्माण कम्पनी र रेखदेख गर्ने सम्बन्धित कार्यालयलाई निर्देशन दिनु भएको छ । पछिल्लो समयमा ठेकेदारको लापरवाहीका कारण अधिकांश योजना अलपत्र पर्ने गरेको गुनासो आएपछि ठेकेदार प्रति स्थानीय सरकार कडा बन्दै गएको छ। जनताको मर्म अनुसार काम नगरी मनपरी निर्माण सामाग्रीको प्रयोग गर्ने र विभिन्न बाहना बनाउँदै काम ठग्ने ठेकेदारको पहिचान गर्न लागेको हो। ठेकेदारको लापरबाही र ढिला सुस्तीले योजना प्रभावित भएको हुँदा कडा कार्वाही गर्ने तयारी रहेको बताउनुभयो । उहाँले ठेकेदारहरुलाई जुन शर्तमा ठेक्का सम्झौता भएको हो, त्यही अनुसारको काम अघि बढाउनको लागि निर्देशन दिनु भएको छ ।

ठेकेदार र निर्माण कम्पनीसंग सरोकार राख्ने सवै निकायालाई काममा छिटो छरितो र गुणस्तरीय कामका लागि जानकारी गराउनु भयो । विभिन्न बाहनामा ढिलासुस्ती गर्ने , काम ठग्ने ठेकेदार र उपभोक्ता समिति कसैले पनि उन्मुक्ति नपाउने र गुणस्तरीयहिन काममा कारवाही प्रक्रिया अघि बढाउने समेत बताउनुभएको छ ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *