• जेष्ठ १८, २०८२
  • No Comment
  • 76

जाजरकोटमा सडकबाट लडी एक व्यक्तिको मृत्यु

जाजरकोट।  जाजरकोटको बारेकोट गाउँपालिका–८ बन्डलाका एक पुरुषको सडकबाट खस्दा ज्यान गएको छ। आइतबार राति ३५ वर्षीय लाल बहादुर सिंह घर फर्कने क्रममा लामीद्वाला भन्ने स्थानमा सडकबाट करिब ४००–५०० मिटर तल खसेर मृत अवस्थामा फेला परेका हुन्।

  शनिबार राति १० बजे कोलेनीबाट घरतर्फ जाँदै गरेका सिंह घर नफर्किएपछि आफन्तहरूले खोजतलास सुरु गरेका थिए। खोजतलासकै क्रममा मिति आइतबार  साँझ ७:३५ बजे लामीद्वाला भन्ने स्थानमा स्थानीयले मृत अवस्थामा फेला पारेको जानकारी प्रहरीलाई टेलिफोनमार्फत दिएकाे जाजरकाेट प्रहरीले जनाएकाे छ।

 जिल्ला प्रहरी कार्यालय जाजरकाेटका अनुसार घटनाको जानकारी प्राप्त भएपछि जाजरकोट  प्रहरी निरीक्षक मोहन सिंह पुजाराको कमाण्डमा तीन जनाको टोलीले शव उद्धार गरेकाे  थियो।

प्रहरीले घटना सम्बन्धि थप  अनुसन्धान सुरु गरिसकेको जनाएको छ। मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाएकाे  प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

काठमाडौं, २०८२ कार्तिक १ — पाकिस्तानको आक्रमणमा अफगानिस्तानका तीन क्रिकेट खेलाडीको मृत्यु भएको छ। अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) का अनुसार पक्तिका…
विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

एजेन्सी । विहान सबेरै उठ्न नसक्नु आजकल धेरैको साझा समस्या बनेको छ । बिहान उठेर विभिन्न काम गर्ने योजना बनाए पनि…
प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

काठमाडौं, ३१ असोज । नेपाल प्रहरीले स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठलाई सम्मान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *