• जेष्ठ १८, २०८२
  • No Comment
  • 163

जाजरकोटमा सडकबाट लडी एक व्यक्तिको मृत्यु

जाजरकोट।  जाजरकोटको बारेकोट गाउँपालिका–८ बन्डलाका एक पुरुषको सडकबाट खस्दा ज्यान गएको छ। आइतबार राति ३५ वर्षीय लाल बहादुर सिंह घर फर्कने क्रममा लामीद्वाला भन्ने स्थानमा सडकबाट करिब ४००–५०० मिटर तल खसेर मृत अवस्थामा फेला परेका हुन्।

  शनिबार राति १० बजे कोलेनीबाट घरतर्फ जाँदै गरेका सिंह घर नफर्किएपछि आफन्तहरूले खोजतलास सुरु गरेका थिए। खोजतलासकै क्रममा मिति आइतबार  साँझ ७:३५ बजे लामीद्वाला भन्ने स्थानमा स्थानीयले मृत अवस्थामा फेला पारेको जानकारी प्रहरीलाई टेलिफोनमार्फत दिएकाे जाजरकाेट प्रहरीले जनाएकाे छ।

 जिल्ला प्रहरी कार्यालय जाजरकाेटका अनुसार घटनाको जानकारी प्राप्त भएपछि जाजरकोट  प्रहरी निरीक्षक मोहन सिंह पुजाराको कमाण्डमा तीन जनाको टोलीले शव उद्धार गरेकाे  थियो।

प्रहरीले घटना सम्बन्धि थप  अनुसन्धान सुरु गरिसकेको जनाएको छ। मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाएकाे  प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *