• जेष्ठ १८, २०८२
  • No Comment
  • 80

वीरेन्द्रनगरको एक फार्मेसीमा अवैध ट्रमाडोल बिक्री, तीन जना पक्राउ

 सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ स्थित एरीचोकमा रहेको जयलक्ष्मी फार्मेसीबाट लागुऔषध ट्रमाडोलसहित तीन जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले आइतबार दिउँसो छापा मारेर फार्मेसी सञ्चालकसहित तीन जनालाई नियन्त्रणमा लिएको हो।

 जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहनजंग बुढथापाका अनुसार फार्मेसीबाट ट्रमाडोल ट्याब्लेट २४७ थान र खाली ट्रमाडोल ट्याब्लेटका खोल ४१० थान बरामद गरिएको छ।

पक्राउ पर्नेहरूमा फार्मेसी सञ्चालक ५४ वर्षीय रमेशबहादुर शाही, २५ वर्षीय हिक्मतजंग शाही र २५ वर्षीय प्रलाद अधिकारी रहेका छन्। उनीहरूलाई नियन्त्रणमा लिएर लागुऔषध कारोबारमा संलग्नता रहेको आशङ्कामा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार औषधि नियमन सम्बन्धी कानुन विपरीत ट्रमाडोल जस्ता संवेदनशील औषधिहरू बिना डाक्टरको प्रेसक्रिप्सन बिक्री गरिनु गम्भीर अपराध मानिन्छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

सम्बन्धित खबर

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

काठमाडौं, २०८२ कार्तिक १ — पाकिस्तानको आक्रमणमा अफगानिस्तानका तीन क्रिकेट खेलाडीको मृत्यु भएको छ। अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) का अनुसार पक्तिका…
विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

एजेन्सी । विहान सबेरै उठ्न नसक्नु आजकल धेरैको साझा समस्या बनेको छ । बिहान उठेर विभिन्न काम गर्ने योजना बनाए पनि…
प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

काठमाडौं, ३१ असोज । नेपाल प्रहरीले स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठलाई सम्मान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *