• जेष्ठ १८, २०८२
  • No Comment
  • 126

भेरीगंगाकाे बिरेडाँडाबाट अवैध सालकाे काठसहित ३ जना पक्राउ

सुर्खेत।  सुर्खेतको भेरीगंगा नगरपालिकामा प्रहरीले चोरी पैठारी गरी ल्याउँदै गरिएको सालको काठ सहित ३ जनालार्इ  पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको टोलीले भेरीगंगा नगरपालिका–४ बिरेडाँडामा आज बिहान करिब २:३० बजे शंकास्पद गाडी जाँच गर्दा अवैध सालको काठ फेला पारेको हो। कर्णाली प्रदेश ०२००१ च ०५२८ नम्बरको डबल क्याब गाडीबाट ४ फिट लम्बाइका २९ वटा साल प्रजातिका काठका कडिहरू बरामद गरिएको प्रहरीले जनाएको छ।

गाडी चालक भेरीगंगा नगरपालिका–१३ निवासी ३० वर्षीय कमल प्रसाद शर्मा रहेका छन्। उनीसँगै सोही ठाउँका ३३ वर्षीय सहबिर गैरापिपल र ४५ वर्षीय विकास परियारलाई पनि प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहनजंग बुढथापाका अनुसार बरामद काठको नापजाँच गर्दा जम्मा ९.४७ क्युफिट रहेको छ। प्रारम्भिक अनुसन्धानपछि पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय सुर्खेतमा पठाइएको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *