• जेष्ठ १८, २०८२
  • No Comment
  • 98

जुवातास खेलिरहेको अवस्थामा सुर्खेतमा ५ जना पक्राउ

सुर्खेत। सुर्खेत  वीरेन्द्रनगर नगरपालिका वडा नम्बर- ४ यरिचोक स्थित रहेको पंचकोशी ज्वाला रेष्टुरेन्ट एण्ड लजमा शनिबार बेलुका जुवातास खेलिरहेको अवस्थामा सुर्खेत प्रहरीले ५ जना जुवाडेलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दैलेख भैरवी गाँउपालिका वडा नम्बर -२ का स्थायी ठेगाना भएका हाल वीरेन्द्रनगर- ४ निवासी ४० वर्षीय पदम बहादुर थापा, सोही गाउँपालिका वडा नम्बर- १ स्थायी ठेगाना भएका हाल वीरेन्द्रनगर वडा नम्बर- १ निवासी ३७ वर्षीय गणेश विष्ट, वडा नम्बर २ स्थायी ठेगाना भएका हाल वारेन्द्रनगर- ३ निवासी ३९ वर्षीय धर्मराज थापा , दैलेख चामुण्डा बिन्द्रसैनी नगरपालिका वडा नम्बर- ४ निवासी ३१ वर्षीय ज्ञानेन्द्र शाही र वीरेन्द्रनगर नगरपालिका वडा नम्बर- ६ निवासी ४६ वर्षीय कोशोर रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरिक्षक मोहनजंग बुढथापाले जानकारी दिएका छन ।

विशेष सुचनाका आधारमा उनीहरुको साथबाट ७ गड्डी तास सहित नेपाली नोट नगद ९३,९०० र भारतीय रुपैया २००० गरी जम्मा ९७, १०० रुपैया बरामद गरिएको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिएका उनीहरुलाई अनुसन्धानका लागि म्याद थप गरिएको पनि प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

काठमाडौं, २०८२ कार्तिक १ — पाकिस्तानको आक्रमणमा अफगानिस्तानका तीन क्रिकेट खेलाडीको मृत्यु भएको छ। अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) का अनुसार पक्तिका…
विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

एजेन्सी । विहान सबेरै उठ्न नसक्नु आजकल धेरैको साझा समस्या बनेको छ । बिहान उठेर विभिन्न काम गर्ने योजना बनाए पनि…
प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

काठमाडौं, ३१ असोज । नेपाल प्रहरीले स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठलाई सम्मान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *