• बैशाख २९, २०८२
  • No Comment
  • 86

चौकुने गाउँपालिकाको साँझाहलमा एक दिने बाली उपचार शिविर सम्पन्न

चौकुने । चौकुने गाउँपालिकामा एकीकृत कृषि प्रयोगशाला सुर्खेतको आयोजनामा र कृषि विकास शाखा चौकुनेको समन्वयमा एक दिने बाली उपचार शिविर चौकुने गाउँपालिका वडा न.८को साँझाहलमा सम्पन्न भएको छ । किसानले लगाएको विभिन्न किसिमका तरकारी बाली फलफूलको फल झर्ने, बोटका मुन्टा सुक्ने लगायतको समस्याले हैरान भएका बेला गाउँमै कृषि प्राविधिक पुगेपछि यहाँका किसानलाई राहत भएको हो ।

शिविरमा कृषकहरूबाट विभिन्न बाली मकै, भन्टा, टमाटर खुर्सानी, बन्दा, आँप , गोलभेंडा, काँक्रा, करेला, केरा ,फर्सी लगायत बिभिन्न बालिका नमुना प्राप्त भएको थियो ।शिविरमा एकीकृत कृषि प्रयोगशाला बिरेन्द्रनगर सुर्खेतका प्रमुख चित्र बहादुर रोकायाले बालीमा लाग्ने रोग, समाधानको उपाय, विषादी प्रयोग गर्ने तरिका र त्यसबाट हुने फाइदा बेफाइदा लगायत कृषिसँग सम्बन्धित विविध जानकारीहरू कृषकहरूलाई जानकारी गराइएको बताउनुभयो । पछिल्लो समय बालीमा लाग्ने रोगको सङ्क्रमणबाट बचाउनका लागि प्रयोग गरिने विषादीको दुरुपयोग भएको र यसलाई न्यूनीकरण गर्नु पर्ने उहाँले बताउनुभयो ।

चौकुने गाउँपालिका कृषि शाखा प्रमुख लोकमणी जोशीका अनुसार कृषिलाई आधुनिकीकरण, व्यावसायिकीकरण गर्न शिविरले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । साथै उक्त शिविरमा बालीमा देखिएका समस्याहरूको बारेमा कृषकहरूलाई प्राविधिक सल्लाह दिएको कृषि शाखा प्रमुख जोशीले जानकारी दिनु भएको छ ।चौकुने गाउँपालिकाका वडा न ८ का वडा अध्यक्ष कमल जि सी को अध्यक्षतामा र कृषि प्रयोगशाला बिरेन्द्रनगर सुर्खेतका प्रमुख चित्र बहादुर रोकायको प्रमुख आतिथ्यता भएको कार्यक्रम बालि संरक्षण अधिकृत उषा अधिकारी ,चौकुनेगाउँपालिका कृषि बिकास अधिकृत लोकमणी जोशी ,कृषि अधिकृत छैटौं लोक बहादुर राना ,कमल वली ,विष्णुराज अवस्थी लगायत विभिन्न कृषि सहकारीका पदाधिकारीहरु ,कृषिमा आबद्ध कृषकहरुको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन बिष्णुराज अवस्थीले गर्नु भएको थियो ।

सम्बन्धित खबर

विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

एजेन्सी । विहान सबेरै उठ्न नसक्नु आजकल धेरैको साझा समस्या बनेको छ । बिहान उठेर विभिन्न काम गर्ने योजना बनाए पनि…
प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

काठमाडौं, ३१ असोज । नेपाल प्रहरीले स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठलाई सम्मान…
ओलीलाई  नेतृत्व हस्तान्तरण गर्न योगेश भट्टराईको सुझाव

ओलीलाई नेतृत्व हस्तान्तरण गर्न योगेश भट्टराईको सुझाव

काठमाडौं — नेकपा (एमाले) का सचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सहजतापूर्वक नेतृत्व हस्तान्तरण गर्न सुझाव दिएका छन्। पार्टीको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *