• बैशाख २६, २०८२
  • No Comment
  • 134

वीरेन्द्रनगरमा ट्रकको ठक्करबाट ७२ वर्षीया वृद्धा गम्भीर घाइते

सुर्खेत। सुर्खेतको वीरेन्द्रनगरमा ट्रकको ठक्करबाट एक ७२ वर्षीया वृद्धा गम्भीर घाइते भएकी छन् । दैलेखको भैरवी गाउँपालिका घर भई हाल वीरेन्द्रनगर बसोबास गर्दै आएकी तुलसी जैशी शुक्रवार अपराह्न बजारको मूलपानी चोक नजिकै जेब्राक्रसिङबाट बाटो काट्ने क्रममा दुर्घटनामा परेकी हुन्।

वीरेन्द्रनगर बजारदेखि बाँगेसिमलतर्फ जाँदै गरेको भे १ ख १९३६ नम्बरको ट्रकले ठक्कर दिँदा उनी गम्भीर घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक वकिल सुनारले जानकारी दिए।

ठक्करपछि घाइते भएकी जैशीकाे  प्रदेश अस्पताल सुर्खेतमा  उपचार  भइरहेकाे  छ र हाल उनको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि ट्रक चालक फरार भएका छन् र उनको खोजी भइरहेकाे  प्रहरीले जनाएकाे छ।

सम्बन्धित खबर

विश्वकपका अमर कीर्तिमानतर्फ मेसीको अर्को कदम

विश्वकपका अमर कीर्तिमानतर्फ मेसीको अर्को कदम

अर्जेन्टिनाका कप्तान लियोनल मेसी फेरि एकपटक विश्व फुटबलको केन्द्रमा आएका छन्। आफ्नो जीवनको छैटौँ विश्वकप प्रतियोगितामा मैदान उत्रिएसँगै उनले अर्को ऐतिहासिक…
चौकुने गाउँपालिकामा वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरूलाई दुईदिने उद्यमशीलता प्रवर्द्धन कार्यक्रम संचालन

चौकुने गाउँपालिकामा वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरूलाई दुईदिने उद्यमशीलता प्रवर्द्धन…

सुर्खेत। चौकुने गाउँपालिकाको रोजगार सेवा केन्द्रको आयोजनामा वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरूलाई लक्षित गरी उद्यमशीलता प्रवर्द्धन दुई दिने कार्यक्रम संचालन भएको छ।…
चौकुने गाउँपालिकामा मेलमिलापकर्ताको क्षमता विकास तालिम सम्पन्न

चौकुने गाउँपालिकामा मेलमिलापकर्ताको क्षमता विकास तालिम सम्पन्न

सुर्खेत। चौकुने गाउँपालिकाको आयोजनामा मेलमिलापकर्ताहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित दुई दिने मेलमिलापकर्ताको क्षमता विकास तालिम सम्पन्न भएको छ। चौकुने गाउँपालिकाका…

Leave a Reply

Your email address will not be published. Required fields are marked *