- बैशाख २०, २०८२
- No Comment
- 123
आजको मौसम : कोशी, बागमती र गण्डकी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभावका कारण विभिन्न प्रदेशमा बदली र वर्षाको सम्भावना देखिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार, कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली रहेको छ भने अन्य क्षेत्रमा आंशिक बदली रहनेछ।
दिउँसोको समयमा सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ। साथै, देशका केही हिमाली भूभागमा हल्का हिमपात हुन सक्ने प्रक्षेपण गरिएको छ।
मौसमको यस्तो अवस्थाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पार्न सक्ने भएकोले महाशाखाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।