• बैशाख १६, २०८२
  • No Comment
  • 86

प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षहरूकाे विरोध

प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षहरूले विरोध जनाएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठक सुरु हुने बित्तिकै प्रतिपक्ष दलका सांसदहरूले उठेर विरोध जनाएका हुन् ।

प्रतिपक्ष दलका प्रमुख सचेतक हितराज पाण्डेले आफूहरूले शिक्षा जस्तो अत्यन्तै जरुरी सार्वजनिक महत्वको विषयलाई आजकै कार्यसूचीमा राख्न प्रस्ताव गरे ता पनि नराखिएको  भन्दै आपत्ति जनाए ।
सरकारको तर्फबाट मन्त्रीले समय दिन नसक्दा कार्यसूचीमा राख्न नसकेको जवाफ पाएको भन्दै सरकार जनताप्रति र सदनप्रति कति गैर जिम्मेवार भएको बताए ।

उनले भने, शिक्षकहरू लामो समयदेखि सडकमा हुनुहुन्छ । यस्तो शिक्षा जस्तो अत्यन्त जरुरी सार्वजनिक महत्वको विषयलाई आजकै कार्यसूचीमा राख्न हामीले प्रस्ताव गरेको थियौँ । तर सरकारको तर्फबाट मन्त्रीले समय दिन नसक्दा भन्ने जवाफ पायौँ । सरकार जनताप्रति र सदनप्रति कति गैर जिम्मेवार छ ।’

सम्बन्धित खबर

कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम

कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम

सुर्खेत, असोज ३१ — नेपाल टेलिकम कर्णाली प्रादेशिक निर्देशनालय सुर्खेतले कर्णाली प्रदेशभर सञ्चार सेवाको पहुँच विस्तार गर्ने अभियान तीव्र पारेको छ।…
पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

इस्लामावाद, असोज ३० — पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा भएको एक सडक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य…
विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

काठमाडौं । नियमित दिनचर्याले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । स्वास्थ्यलाई दीर्घकालसम्म सुदृढ राख्न दैनिक जीवनका स–साना बानीहरूमा ध्यान दिनु जरुरी…

Leave a Reply

Your email address will not be published. Required fields are marked *