• बैशाख ३, २०८२
  • No Comment
  • 126

पोषणको खानी आलसको दाना, तर कसरी खाने ? हेर्नुहाेस

 काठमाडौं । स्वास्थ्यप्रेमीहरूको रोजाइमा पर्न थालेको आलस (सन बीउ) अहिले विश्वभरि पोषणको शक्तिगृहको रूपमा चिनिन थालेको छ। ओमेगा-३ फ्याटी एसिड, फाइबर, लिग्नान, भिटामिन र खनिजले भरिपूर्ण यस बीउले शरीरलाई अनेक लाभ पुर्‍याउँछ।

विशेषज्ञहरूका अनुसार, आलसको दानामा पाइने ओमेगा-३ फ्याटी एसिडले मुटुको स्वास्थ्य सुधार गर्न, सूजन कम गर्न र क्यान्सरजस्ता रोगको जोखिम घटाउन मद्दत गर्छ। त्यस्तै, यसमा पाइने घुलनशील फाइबरले पाचनमा सहयोग पुर्‍याउनुका साथै तौल घटाउन पनि महत्वपूर्ण भूमिका खेल्छ।

यसबाहेक, आलसको दानाले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न सहयोग पुर्‍याउने भएकाले मधुमेहका बिरामीहरूका लागि पनि उपयोगी मानिन्छ। पोषक तत्वले भरिपूर्ण भएकाले यसको नियमित सेवनले समग्र स्वास्थ्य सुधारमा टेवा दिन सक्छ।

तर, आलसको दाना कसरी खाने भन्नेबारे धेरैमा अन्योल देखिन्छ। धेरैले भुटेर सेवन गर्छन्, तर पोषण विज्ञहरू भन्छन् – काँचो वा पिसेको अवस्थामा सेवन गर्नु सबैभन्दा फाइदाजनक हुन्छ।

काँचो आलसको दानाले आफ्नो सम्पूर्ण पोषण कायम राख्दछ। जब यसलाई पिसेर धुलो बनाइन्छ, शरीरले सजिलै पचाउन र पोषक तत्व अवशोषण गर्न सक्छ। यता, भुट्दा यसको तेल अक्सिडाइज हुने, पोषण घट्ने र स्वादमा परिवर्तन आउने सम्भावना हुन्छ। अत्यधिक तापक्रमले दानामा कार्बनाइजेसन हुनसक्छ, जसले स्वास्थ्यमा असर पुर्‍याउन सक्छ।

 यदि तपाईं आलसको दानाबाट अधिकतम लाभ लिन चाहनुहुन्छ भने, यसलाई पिसेर वा काँचो रूपमा सलाद, दही, ओट्स, स्मुदी वा अन्य परिकारहरूमा मिसाएर सेवन गर्नु सबैभन्दा उपयुक्त तरिका हुनेछ।

एकैचोटि धेरै मात्रामा आलसको बीउ सेवन गर्नु भने उपयुक्त होइन। दिनको १ देखि २ चम्चा पिसेको आलसको दाना पर्याप्त मानिन्छ। सन्तुलित मात्रा र सही तरिकाबाट सेवन गरेमा यसले शरीरलाई दिर्घकालीन फाइदा पुर्‍याउन सक्छ।

सम्बन्धित खबर

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

काठमाडौं, २०८२ कार्तिक १ — पाकिस्तानको आक्रमणमा अफगानिस्तानका तीन क्रिकेट खेलाडीको मृत्यु भएको छ। अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) का अनुसार पक्तिका…
विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

एजेन्सी । विहान सबेरै उठ्न नसक्नु आजकल धेरैको साझा समस्या बनेको छ । बिहान उठेर विभिन्न काम गर्ने योजना बनाए पनि…
प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

काठमाडौं, ३१ असोज । नेपाल प्रहरीले स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठलाई सम्मान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *