• बैशाख ३, २०८२
  • No Comment
  • 122

गर्मीमा दही खाने गर्नु भएको छ ? दहीको फाइदा र्हेनुहोस्

दहीको प्रयोग खानपिन मात्रै हुँदैन, छालाको हेरचाहमा पनि यसको प्रयोग गरिन्छ ।
दहीमा हाम्रो शरीरलाई आवश्यक कयौँ पोषक तत्त्व र स्वस्थ ब्याक्टेरिया पाइन्छ, जुन हाम्रो स्वास्थ्यको लागि चमत्कारी साबित हुन सक्छन् । दहीले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ, पाचन प्रणाली सुधार्छ र हड्डीलाई मजबुत पनि बनाउँछ ।
दहीको सेवनले रक्तचापको समस्याबाट पनि राहत पाउन सकिन्छ । दहीमा पाइने प्रोबायोटिक्सले आन्द्राको स्वास्थ्यलाई पनि धेरै हदसम्म सुधार गर्न सक्छ । दैनिक १–२ कप दही खाँदा मधुमेहको जोखिम कम हुने पनि अध्ययनले देखाएको छ ।
जर्नल अफ न्यूट्रिशनमा प्रकाशित एक अध्ययनका अनुसार दहीको नियमित सेवनले इन्सुलिन सेन्सेटिभिटीमा सुधार ल्याउन र टाइप २ मधुमेहको जोखिम कम गर्छ । दहीमा पाइने प्रोबायोटिक्सले ग्लुकोज मेटाबोलिज्मलाई नियमित गर्न मद्दत गरेर रगतमा चिनी नियन्त्रण गर्ने अध्ययनको क्रममा पाइएको छ ।
मधुमेहका बिरामीका लागि पनि दही फाइदाजनक छ । दहीको सेवनले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न मद्दत मिल्छ । इन्टरनेशनल जर्नल अफ ओबेसिटीमा प्रकाशित अर्को अध्ययनका अनुसार दैनिक आहारमा दही समावेश गर्नेहरूलाई दही नखानेहरूको तुलनामा टाइप २ मधुमेहको जोखिम कम हुन्छ ।
सन् २०१४ मा हार्वर्ड स्कुल अफ पब्लिक हेल्थका शोधकर्ताहरूले एउटा अनुसन्धान गरेका थिए । धेरै दही खाँदा टाइप २ मधुमेहको जोखिम कम हुन्ने सो अनुसन्धानले देखाएको थियो । अचम्मको कुरा चाँहि के थियो भने अन्य दूधजन्य उत्पादनहरू मधुमेहबाट जोगिन दही जत्तिको प्रभावकारी साबित भएनन् । दैनिक रूपमा दही खाँदा टाइप २ मधुमेहको जोखिम १८ प्रतिशतसम्म कम हुने अनुसन्धानको क्रममा पाइएको छ ।

दहीले प्रोबायोटिक्सले इन्सुलिन संवेदनशीलता सुधार गर्दछ र इन्फ्लेमेशन (सुन्निएको) कम गर्न पनि मद्दत गर्दछ । यसका कारण रोगहरूको जोखिम कम हुन्छ । तर, यस सम्बन्धमा थप अनुसन्धान आवश्यक रहेको बताइएको छ । मधुमेह रोक्न दही अचुक वाण भने होइन । मधुमेहले नछोओस् भन्ने चाहने हो भने स्वस्थ आहार, राम्रो जीवनशैली र तौल नियन्त्रणमा राख्नुपर्छ ।

सम्बन्धित खबर

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

काठमाडौं, २०८२ कार्तिक १ — पाकिस्तानको आक्रमणमा अफगानिस्तानका तीन क्रिकेट खेलाडीको मृत्यु भएको छ। अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) का अनुसार पक्तिका…
विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

एजेन्सी । विहान सबेरै उठ्न नसक्नु आजकल धेरैको साझा समस्या बनेको छ । बिहान उठेर विभिन्न काम गर्ने योजना बनाए पनि…
प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

काठमाडौं, ३१ असोज । नेपाल प्रहरीले स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठलाई सम्मान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *