• चैत्र ३१, २०८१
  • No Comment
  • 164

चौकुने गाउँपालिका वडा न ८ गुटुको सभाहलमा नयाँ बर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

चौकुने । चौकुने गाउँपालिका वडा न ८ को कार्यलय गुटुले नयाँ बर्ष २०८२ सालको शुभकामना आदानप्रदान कार्यक्रम ( आज) आईतवार सम्पन्न गरेको छ । नयाँ वर्ष २०८२ सालको शुभकामना संगै चियापान कार्यक्रम सम्पन्न गरेको हो ।चौकुने गाउपालिका वडा न ८ का वडाअध्यक्ष कमल जि सी को सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि चौकुने गाउँपालिकाका अध्यक्ष खडक बिवस बासपाने रहनु भएको थियो ।

यसै गरि बिशेष अतिथिमा चौकुने गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत पुर्ण बहादुर बि क, नेकपा माओवादी केन्द्रीय सल्लाहकार समिति सदस्य भुपेन्द्र जोशी , राष्ट्रिय स्वतन्त्र पार्टी कर्णाली प्रदेश सह- महामन्त्री हरी प्रसाद अधिकारी ,नेपाल किसान महासंघ केन्द्रीय सदस्य गजराज जोशी ,नेपाल मजदुर किसान पार्टीका भीम बहादुर वडुवाल , सब डिविजन वन कार्यालय गुटुका प्रमुख दिवान्सु पाण्डे , स-शस्त्र वेस क्याम्प गुटुका हरिकृष्ण भुजेल ईलाका प्रहरी कार्यालय गुटका प्रहरी निरीक्षक अनिल कुमार शाही रहनु भएको थियो ।

चौकुने गाँउपालिका ८ न वडा कार्यलयको आयोजना र गुटु स्वास्थ्य चौकीको सह-आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रममा नारी उत्थान बचत तथा ऋण सहकारी अध्यक्ष बिमला जि सी ,नेकपा एमाले ८ न. नि- वर्तमान वडा अध्यक्ष ताराकेशर गौतम ,नेकपा माओवादी चौकुने ईन्चार्ज ईन्द्र ढकाल ,राष्ट्रिय स्वतन्त्र पार्टी चौकुने सभापति बिष्णु प्रसाद उपाध्याय ,नेपाल किसान महासंघ केन्द्रीय सदस्य गजराज जोशी ,रास्वपा कर्णाली प्रदेश सह- महामन्त्री हरि प्रसाद अधिकारी ,नेकपा माओवादी केन्द्रीय सल्लाहकार सदस्य भुपेन्द्र जोशी ,चौकुने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत पुर्ण बहादुर बि क र चौकुने गाउपालिका अध्यक्ष खडक बिवस वासपाने लगायतकाले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको संचालन गुटु स्वास्थ्य चौकीका प्रमुख गगनसिहं पाण्डेले गर्नु भएको थियो ।

सम्बन्धित खबर

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १० सचिवसहित ५६ जनाविरुद्ध मुद्दा दायर

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १०…

काठमाडौं– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको व्यापक अनियमितता र भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५६ जनालाई विपक्षी बनाएर विशेष अदालतमा…
सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे  एटीएम सेवा संचालन

सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे एटीएम…

सुर्खेत। सुर्खेतकाे चौकुने गाँउपालिकामा लक्ष्मी सनराईज बैँकको एटीएम सञ्चालनमा आएको छ । चौकुने गाउँपालिका वडा नं. ८ स्थित लक्ष्मी सनराईज बैंकको…
सुडानमा ड्रोन आक्रमण : ३३ बालबालिकासहित ५० जनाको मृत्यु

सुडानमा ड्रोन आक्रमण : ३३ बालबालिकासहित ५० जनाको मृत्यु

काठमाडौं– सुडानको कालोकी शहरस्थित एक बालवाडीलाई लक्षित गर्दै गरिएको ड्रोन आक्रमणमा ३३ बालबालिकासहित कम्तीमा ५० जनाको ज्यान गएको सुडान डाक्टर्स नेटवर्कले…

Leave a Reply

Your email address will not be published. Required fields are marked *