• चैत्र २६, २०८१
  • No Comment
  • 160

काठमाडौंका तीन ठाउँमा प्रदर्शन हुदै: कुन कुन रूट अवरुद्ध हुँदैछ ? हेर्नुहाेस

काठमाडौं । राजधानी काठमाडौंमा आज तीन फरक समूहहरूले आ–आफ्ना माग लिएर प्रदर्शन गर्दैछन्। यी प्रदर्शनहरूले काठमाडौंका मुख्य सडकहरूमा सवारी आवागमन प्रभावित पार्ने भएकाले ट्राफिक प्रहरीले विभिन्न स्थानमा सवारी डाइभर्सनको व्यवस्था मिलाएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बल्खु क्षेत्रमा विरोध प्रदर्शन गर्दैछ। राप्रपाका कार्यकर्ताहरू काठमाडौंका विभिन्न स्थानबाट र्‍याली निकालेर बल्खुमा भेला हुने र त्यहाँ विरोध सभा गर्ने कार्यक्रम रहेको छ।

त्यस्तै, नेपाल शिक्षक महासंघको अगुवाइमा माइतीघरदेखि बबरमहल सडकखण्डमा शिक्षकहरूको आन्दोलन जारी छ। उनीहरूले शिक्षा क्षेत्रको सुधार लगायतका माग राख्दै सडकमा प्रदर्शन गर्दै आएका छन्।

यसैबीच, सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज पीडित समूहले पनि शान्तिबाटिकादेखि शीतल निवाससम्म प्रदर्शन गर्ने कार्यक्रम तय गरेका छन्। ती प्रदर्शनले गर्दा काठमाडौंका प्रमुख मार्गहरूमा सवारी आवागमनमा अवरोध सिर्जना भएको छ।

प्रदर्शनको प्रभावलाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले विभिन्न स्थानहरूमा सवारी साधन डाइभर्सनको व्यवस्था गरेको छ। खसिबजार हुँदै मकालु, कलंकी चोक, बाफल मार्ग प्रयोग गर्न सुझाव दिइएको छ। यस्तै, बल्खु चोक हुँदै कुलेश्वर, कालीमाटी चोक, टेकु र कीर्तिपुर हुँदै सानेपा, एकान्तकुना मार्गमा पनि सवारी डाइभर्ट गरिनेछ।

यसबाहेक, आवश्यक परेमा त्रिपुरेश्वर, बालाजु, नैकाप, सीतापाइला, चोभार, फर्पिङ, नख्खु दोबाटो र कोटेश्वर क्षेत्रबाट पनि वैकल्पिक सवारी संचालन गरिने प्रहरीले जनाएको छ।

कार्यक्रममा सवारी साधन लिएर आउने व्यक्तिहरूका लागि टियू गेटदेखि चोभार सडक, सानेपा करिडोर, चोभार सुख्खा बन्दरगाह, नयाँ बसपार्क र सीतापाइला–बाफल सडकखण्डमा पार्किङको व्यवस्था गरिएको छ।

ट्राफिक प्रहरीले सर्वसाधारणलाई वैकल्पिक मार्ग अपनाउन, आन्दोलन क्षेत्रको सडक जोगाउन र ट्राफिकको निर्देशन पालना गर्न अनुरोध गरेको छ।

सम्बन्धित खबर

प्रदूषण बढेसँगै किन आइरहन्छ खकार? जोगिन के गर्ने?

प्रदूषण बढेसँगै किन आइरहन्छ खकार? जोगिन के गर्ने?

काठमाडौं । पछिल्लो समय वायु प्रदूषण बढेसँगै धेरै मानिसमा घाँटी खसखस हुने, चिलाउने, बारम्बार खकार निकाल्न मन लाग्ने तथा खोकी लागिरहने…
कर्णाली छोरी सम्मेलनको दोस्रो संस्करण सुरू हुँदै

कर्णाली छोरी सम्मेलनको दोस्रो संस्करण सुरू हुँदै

सुर्खेत, जेठ १५ — बालिका, किशोरी तथा महिलामाथि हुने लैङ्गिक विभेद, बालविवाह, छाउपडी कुप्रथा, घरेलु हिंसा, यौन दुव्र्यवहार तथा मानव बेचबिखनजस्ता…
चौकुने गाउँपालिका वडा न. ९ र १० को घाटगाऊँ बजार अनुगमन, म्याद नाघेका तथा अखाद्य वस्तु वडा अध्यक्ष र प्रहरीको रोहवरमा नष्ट

चौकुने गाउँपालिका वडा न. ९ र १० को घाटगाऊँ…

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिका अन्तर्गत उद्योग बाणिज्य शाखाको अगुवाइमा घाटगाउँको बजार क्षेत्रमा व्यापक अनुगमन गरिएको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै…

Leave a Reply

Your email address will not be published. Required fields are marked *