• चैत्र २२, २०८१
  • No Comment
  • 18

अमेरिकामा सयौं अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा रद्द

काठमाडौं । अमेरिकामा अध्ययनरत सयौं अन्तर्राष्ट्रिय विद्यार्थीले अचानक आफ्नो एफ–१ (विद्यार्थी) भिसा रद्द गरिएको सूचना पाएका छन्। अमेरिकी विदेश मन्त्रालयले मार्चको अन्तिम सातातिर उनीहरूलाई इमेलमार्फत भिसा रद्द गरिएको जानकारी गराएको हो।

प्राप्त रिपोर्टहरूका अनुसार क्याम्पसमा भइरहेको विभिन्न आन्दोलनमा सहभागी भएका, वा आन्दोलनमा प्रत्यक्ष संलग्न नभए पनि सामाजिक सञ्जालमा ‘इजरायल विरोधी’ भनिएका पोस्टमा लाइक, सेयर वा कमेन्ट गरेका विद्यार्थीहरूलाई भिसा रद्द गरिएको छ। यससँगै इमेलमा ती विद्यार्थीहरूलाई अमेरिका तत्काल छोड्न स्पष्ट निर्देशन दिइएको छ।

इमेलमा भिसा अवैध भइसकेको जनाउँदै देश नछोडे कानुनी कारबाही भोग्नुपर्ने चेतावनीसमेत दिइएको छ। धेरै विद्यार्थीहरू यस आकस्मिक निर्णयबाट आत्तिएका छन् भने सामाजिक सञ्जालमा यसको कडा आलोचना भइरहेको छ।

यसबारे हालसम्म अमेरिकी सरकारको औपचारिक प्रतिक्रिया आइसकेको छैन। मानव अधिकारसम्बन्धी संघ–संस्थाहरूले यो निर्णयले अभिव्यक्ति स्वतन्त्रतामाथि आघात पुगेको टिप्पणी गरेका छन्।

यस कदमले अध्ययन गरिरहेका सयौं विद्यार्थीहरूको भविष्य अन्योलमा परेको छ, भने धेरैले कानुनी सहयोग खोज्न थालिसकेका छन्।

अहिलेसम्म प्रभावित विद्यार्थीहरूको ठ्याक्कै संख्या र उनीहरूको राष्ट्रियता भने सार्वजनिक गरिएको छैन।

सम्बन्धित खबर

सुर्खेतमा शिक्षकहरुलाई २ दिने तालिम (फाेटाेहरू सहित)

सुर्खेतमा शिक्षकहरुलाई २ दिने तालिम (फाेटाेहरू सहित)

सुर्खेतमा नाशा एकेडेमी र सुर्खेत देउती नेपाल बोर्डिग स्कुलले २ दिने मन्टेश्वरी ट्रेनिगं एण्ड वर्कसप तालिम संयूक्त रुपमा सपन्न गरेका छन्…
चौकुने गाउँपालिका ८ गुटुमा जलवायु परिवर्तन जोखिम ब्यवस्थापन सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न

चौकुने गाउँपालिका ८ गुटुमा जलवायु परिवर्तन जोखिम ब्यवस्थापन सम्बन्धि…

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिका वडा न ८ को सभाहलमा जलवायु परिवर्तन जोखिम ब्यवस्थापन सम्बन्धि अभिमुखीकरण सम्बन्धि दुई दिने तालिम सम्पन्न भएको…
घाटगाऊ बृहत सिँचाइ आयोजना कार्यान्वयन सम्बन्धि चौकुने गाउँपालिका अध्यक्षलाई ज्ञापनपत्र

घाटगाऊ बृहत सिँचाइ आयोजना कार्यान्वयन सम्बन्धि चौकुने गाउँपालिका अध्यक्षलाई…

चौकुने। घाटगाँउ वृहत् सिँचाइ आयोजनाका अध्यक्ष जनक बहादुर रावल र उपाध्यक्ष गंगाराम बि क को टोलीले चौकुने गाउँपालिकाका अध्यक्ष खडक बिवस…

Leave a Reply

Your email address will not be published. Required fields are marked *