• चैत्र २२, २०८१
  • No Comment
  • 165

अमेरिकामा सयौं अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा रद्द

काठमाडौं । अमेरिकामा अध्ययनरत सयौं अन्तर्राष्ट्रिय विद्यार्थीले अचानक आफ्नो एफ–१ (विद्यार्थी) भिसा रद्द गरिएको सूचना पाएका छन्। अमेरिकी विदेश मन्त्रालयले मार्चको अन्तिम सातातिर उनीहरूलाई इमेलमार्फत भिसा रद्द गरिएको जानकारी गराएको हो।

प्राप्त रिपोर्टहरूका अनुसार क्याम्पसमा भइरहेको विभिन्न आन्दोलनमा सहभागी भएका, वा आन्दोलनमा प्रत्यक्ष संलग्न नभए पनि सामाजिक सञ्जालमा ‘इजरायल विरोधी’ भनिएका पोस्टमा लाइक, सेयर वा कमेन्ट गरेका विद्यार्थीहरूलाई भिसा रद्द गरिएको छ। यससँगै इमेलमा ती विद्यार्थीहरूलाई अमेरिका तत्काल छोड्न स्पष्ट निर्देशन दिइएको छ।

इमेलमा भिसा अवैध भइसकेको जनाउँदै देश नछोडे कानुनी कारबाही भोग्नुपर्ने चेतावनीसमेत दिइएको छ। धेरै विद्यार्थीहरू यस आकस्मिक निर्णयबाट आत्तिएका छन् भने सामाजिक सञ्जालमा यसको कडा आलोचना भइरहेको छ।

यसबारे हालसम्म अमेरिकी सरकारको औपचारिक प्रतिक्रिया आइसकेको छैन। मानव अधिकारसम्बन्धी संघ–संस्थाहरूले यो निर्णयले अभिव्यक्ति स्वतन्त्रतामाथि आघात पुगेको टिप्पणी गरेका छन्।

यस कदमले अध्ययन गरिरहेका सयौं विद्यार्थीहरूको भविष्य अन्योलमा परेको छ, भने धेरैले कानुनी सहयोग खोज्न थालिसकेका छन्।

अहिलेसम्म प्रभावित विद्यार्थीहरूको ठ्याक्कै संख्या र उनीहरूको राष्ट्रियता भने सार्वजनिक गरिएको छैन।

सम्बन्धित खबर

Wellness Offer Finest Teaching For Psychological state

Posts How do exercise assist mental illness? Staying establish can help you manage a calm temper. Counting is also relax you…
ग्यास अभावविरुद्धको रिटमा सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

ग्यास अभावविरुद्धको रिटमा सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

काठमाडौँ उपत्यकामा देखिएको खाना पकाउने एलपी ग्यासको अभावबारे परेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले सरकारका नाममा ‘कारण देखाऊ’ आदेश जारी गरेको…
जुम्लाबाट हेलिकोप्टरमार्फत उद्धार गरिएकी सुत्केरीको उपचारकाे क्रममा मृत्यु

जुम्लाबाट हेलिकोप्टरमार्फत उद्धार गरिएकी सुत्केरीको उपचारकाे क्रममा मृत्यु

जुम्ला, २९ फागुन । जुम्लाबाट हेलिकोप्टरमार्फत उद्धार गरिएकी एक सुत्केरी महिलाको उपचारका क्रममा सुर्खेतमा मृत्यु भएको छ। तिला गाउँपालिका–३ की १८…

Leave a Reply

Your email address will not be published. Required fields are marked *