• चैत्र २२, २०८१
  • No Comment
  • 14

सुन्तलाको बोक्रा : स्वास्थ्यमा अचम्मका फाइदाहरू!

काठमाडौं । सुन्तला स्वादिष्ट मात्र नभई अत्यन्तै पौष्टिक फल हो। यसमा प्रशस्त मात्रामा भिटामिन सी लगायतका अन्य पोषक तत्त्व पाइन्छन्। खासगरी पहाडी भेगमा पाइने सुन्तला सस्तो र सबैको पहुँचमा उपलब्ध हुने भएकाले पनि यसको लोकप्रियता उच्च छ। तर धेरैलाई थाहा नहुन सक्छ कि सुन्तलाको बोक्रा पनि उत्तिकै लाभदायी हुन्छ।

धेरैजसो मानिसहरू सुन्तला खाएपछि यसको बोक्रा फाल्ने गर्छन्। तर यो बोक्राले स्वास्थ्यलाई धेरै फाइदा पुर्‍याउन सक्छ। कतिपयले सुन्तलाको बोक्रालाई अनुहारमा प्रयोग गर्छन्, जसले छालालाई नरम र चम्किलो बनाउन मद्दत गर्छ। साथै, यसको अन्य धेरै औषधीय गुणहरू पनि छन्।

  • कपालको लागि लाभदायक: यदि कपाल खस्रो तथा ड्राई छ भने, सुन्तलाको बोक्राको लेदो प्रयोग गर्दा कपाललाई नरम, चम्किलो र स्वस्थ बनाउँछ।
  • अनुहारको छालालाई चम्किलो बनाउने: सुन्तलाको बोक्राको लेदो नियमित रूपमा अनुहारमा लगाउँदा दाग-धब्बा कम हुँदै जान्छ।
  • चिल्लो छालाका लागि: यदि अनुहारको छाला अत्यधिक चिल्लो छ भने, सुन्तलाको बोक्रालाई पिँधेर बेसन मिसाएर प्रयोग गर्दा छालालाई सन्तुलित बनाउन सहयोग गर्छ।
  • रगतमा कोलेस्ट्रोल कम गर्न सहयोगी: उच्च कोलेस्ट्रोल भएका व्यक्तिहरूले सुन्तलाको बोक्रा सेवन गर्दा लाभदायक मानिन्छ।
  • पाचन प्रणालीका लागि फाइदाजनक: अपच, अम्लीय डकार, उल्टी तथा पेटमा जुका परेका समस्या भएका व्यक्तिहरूका लागि सुन्तलाको बोक्रा उपयोगी हुन्छ।
  • निद्रा समस्यामा सुधार: अनिद्रा हुने व्यक्तिहरूले सुन्तलाको बोक्राको सेवन गरेमा गहिरो निद्रा लाग्ने बताइन्छ।

विशेषज्ञहरूका अनुसार, सुन्तलाको बोक्रालाई विभिन्न तरिकाले सेवन तथा उपयोग गर्न सकिन्छ। यसलाई सुकाएर पाउडर बनाएर वा ताजा अवस्थामा नै प्रयोग गर्न सकिन्छ। त्यसैले, अबदेखि सुन्तला खाएपछि यसको बोक्रा नफालौं, बरु यसका फाइदाहरू उठाऔं!

 

सम्बन्धित खबर

नेपाल सुपर लिग: काठमाण्डौ रेजर्सलाई हराउदैँ धनगढी एफसी शीर्ष स्थानमा 

नेपाल सुपर लिग: काठमाण्डौ रेजर्सलाई हराउदैँ धनगढी एफसी शीर्ष…

काठमाडौँ। नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा धनगढी एफसी शानदार प्रदर्शनका साथ शीर्ष स्थानमा उक्लिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हिजो सम्पन्न…
भात जतिखेर पनि खानु किन ठीक हुँदैन? जान्नुहोस् कहिले खानु उपयुक्त हुन्छ 

भात जतिखेर पनि खानु किन ठीक हुँदैन? जान्नुहोस् कहिले…

काठमाडौँ – भात नेपालीहरूको दैनिक जीवनको अभिन्न हिस्सा हो। प्रायःजसो मानिसहरू रोटीभन्दा भातलाई प्राथमिकता दिन्छन्, किनभने यो स्वादिलो, छिटो पकाउने र…
रुकुम पश्चिममा लगाइएको अफिमखेती नष्ट

रुकुम पश्चिममा लगाइएको अफिमखेती नष्ट

रुकुम। रुकुम पश्चिममा प्रहरीले अवैध लागुऔषध अफिम खेतीविरुद्ध कडा अभियान थालेको छ। पछिल्लो चार दिनमा मात्रै ७५ रोपनी क्षेत्रफलमा फैलिएको अफिमखेती…

Leave a Reply

Your email address will not be published. Required fields are marked *