• चैत्र १९, २०८१
  • No Comment
  • 47

आईपीएल : कोलकाताविरुद्ध मुम्वईको पहिलो जित

काठमाडौं । बलिङमा आश्वनी कुमार र ब्याटिङमा र्‍यान रिकेल्टन चम्किएपछि मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग ९आईपीएल० २०२५ मा पहिलो जित निकालेको छ । सोमबार राति घरेलु मैदान वान्खडेमा मुम्बईले जारी सिजन पहिलो जित निकाल्ने क्रममा कोलकाता नाइट राइडर्सलाई आठ विकेटले हरायो ।

कोलकाताले प्रस्तुत गरेको ११७ रनको सामान्य लक्ष्य मुम्बईले १२।५ ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍यो । मुम्बईको जितमा र्‍यान रिकेल्टनले ६२ रनको अर्धशतकीय इनिङ खेले । उनले ४१ बलमा चार चौका र पाँच छक्का प्रहार गरे ।

यस्तै, सुर्यकुमार यादवले नौ बलमा तीन चौका र दुई छक्कासहित २७ रन बनाए । विल ज्याकले १६ र रोहित शर्माले १३ रन थपे ।

कोलकाताका आन्द्रे रसेलले दुई विकेट लिए ।

यसअघि, टस हारेर ब्याटिङ गरेको कोलकाताले १६।२ ओभरमा सबै विकेट गुमाएर ११६ रन बनाएको थियो । कोलकाताका कुनै पनि खेलाडीले ठूलो स्कोर बनाउन सकेनन् ।

अंगकृष रधुवंशीले सर्वाधिक २६ रन जोडे । रमनदीप सिंहले २२, मनीष पाण्ड्याले १९, रिंकु सिंहले १७ र कप्तान अजिक्या राहाणेले ११ रन बनाए ।

मुम्बईका आश्वनी कुमारले तीन ओभरमा २४ रन खर्चिएर महत्त्वपूर्ण चार विकेट हात पारे । आश्वनीले अजिक्या राहाणे, रिन्कु सिंह, मनीष पाण्ड्या र आन्द्रे रसेलको विकेट लिएका हुन् । दीपक चहारका नाममा दुई विकेट रह्यो ।

जितसँगै तीन खेलबाट दुई अंक जोडेको मुम्बई छैटौँ स्थानमा उक्लिएको छ । मुम्बई पहिलो खेलमा चेन्नईसँग चार विकेटले पराजित भएको थियो । मुम्बई दोस्रो खेलमा गुजरातसँग ३६ रनले हारेको थियो ।

कोलकाताको भने यो दोस्रो हार हो । तीन खेलबाट दुई अंकको कोलकाता तालिकाको पुछारमा छ । कोलकाता पहिलो खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुसँग सात विकेटले पराजित भएको थियो । दोस्रो खेलमा कोलकाताले राजस्थानलाई आठ विकेटले हराएको थियो ।

सम्बन्धित खबर

आजको मौसम : देशभर मनसुनी प्रभाव, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

आजको मौसम : देशभर मनसुनी प्रभाव, पहाडी क्षेत्रमा भारी…

साउन १५ — हाल देशभर मनसुनी वायुको सक्रियता रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा…
आज साउन १५ : देशभर खीर खाएर मनाइँदै

आज साउन १५ : देशभर खीर खाएर मनाइँदै

साउन १५ — आज साउन १५ गते, देशभर खीर खाएर विशेष परम्परागत ढंगले मनाइँदैछ। नेपाली समाजमा वर्षायामका विशेष दिनहरूलाई परिकारहरू मार्फत…
कैलाश-मानसरोवर दर्शन अब नेपालबाटै: हुम्लाको लाप्चामा बन्यो भव्य पर्यटकीय पूर्वाधार

कैलाश-मानसरोवर दर्शन अब नेपालबाटै: हुम्लाको लाप्चामा बन्यो भव्य पर्यटकीय…

हुम्ला। अब पवित्र कैलाश मानसरोवरको दर्शनका लागि नेपालबाटै सहज हुने भएको छ। हुम्लाको नाम्खा गाउँपालिका–६, लिमीस्थित पाँच हजार मिटर उचाइको लाप्चा…

Leave a Reply

Your email address will not be published. Required fields are marked *