• चैत्र १६, २०८१
  • No Comment
  • 36

म्यान्मार भूकम्प: १७ नेपालीको मृत्यु

काठमाडौं – म्यान्मारमा शुक्रबार गएको ७.९ रेक्टरस्केलको शक्तिशाली भूकम्पमा परी अहिलेसम्म १७ जना नेपालीभाषीको मृत्यु भएको छ। तीमध्ये ९ जनाको शव भेटिएको छ भने अरु नेपालीभाषीको खोजी कार्य जारी रहेको बर्मेली नेपाली साहित्यकार लक्ष्मण न्यौपानेले जानकारी दिएका छन्।

सबैभन्दा बढी क्षति मान्डेले क्षेत्रमा भएको बताइएको छ। निधन भएका नेपालीभाषीहरू पनि उतैका रहेको न्यौपानेले बताए। मृतकमध्ये देवी सिंखडाका छोरा खतिवडा, दाहाललगायतका परिवारका सदस्यहरू रहेको जनाइएको छ।

भूकम्पको धक्का थाइल्याण्डसम्म पुगेको थियो, जसले ठूलो जनधनको क्षति गराएको छ। म्यान्मारमा अहिलेसम्म १,००० भन्दा बढी शव फेला परिसकेको छ। उद्धारमा खटिएका सुरक्षाकर्मीहरूले मृतकको संख्या अझै बढ्न सक्ने बताएका छन्। अहिले पनि त्यहाँ उद्धार र राहतको काम जारी छ।

सम्बन्धित खबर

रातो मच्छेन्द्रनाथको भोटो आज देखाइँदै, काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा

रातो मच्छेन्द्रनाथको भोटो आज देखाइँदै, काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा

काठमाडौँ। वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको ऐतिहासिक भोटो आज देखाइँदैछ। करिब ८०० वर्ष पुरानो यो जात्रा अब “भोटो जात्रा” नामले परिचित…
धेरै गुणहरूले भरिपूर्ण नियमित गाजँर खानुहाेस्, १० फाइदा लिनुहाेस्

धेरै गुणहरूले भरिपूर्ण नियमित गाजँर खानुहाेस्, १० फाइदा लिनुहाेस्

काठमाडौँ।  पोषणतत्त्वले भरिएको गाजर केवल स्वादिलो मात्र होइन, स्वास्थ्यका लागि पनि अत्यन्तै लाभदायक मानिन्छ। प्रोटिन, भिटामिन र मिनरल्सको राम्रो स्रोतको खोजीमा…
यी चिया बिहान पिउनुहोस्, देखिनुहोस् सधैँ जवान!

यी चिया बिहान पिउनुहोस्, देखिनुहोस् सधैँ जवान!

काठमाडौँ ।बिहानको सुरुवात ऊर्जाशील र ताजगीपूर्ण बनाएर दिनभर सक्रिय रहन चाहनुहुन्छ भने अबदेखि कफी होइन, स्वास्थ्यवर्द्धक चियाहरूको विकल्प रोज्नुहोस्। स्वास्थ्य विशेषज्ञहरूका…

Leave a Reply

Your email address will not be published. Required fields are marked *